छतबाट खसेर युवकको मृत्यु

मोहन सिंह
जाजरकोट, १ चैत्र ।
जाजरकोट–डोल्पा सडक खण्डमा घरकाे छतबाट खसेर एक युवाको ज्यान गएको छ । भेरी नगरपालिका वडा नं. १ कालेगाउँका २५ बर्षिय भिम बहादुर बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
भेरी नगरपालिका–१ कालेगाउँ का २५ बर्षिय भिम बहादुर बुढाको न्यूरोड गेष्ट हाउसको चौंथो तलाबाट खसेर बिहान ५ बजे मृत्यु भएको छ । मृतक बुढा जय कृष्ण पोल्ट्री सप्लायर्समा चल्ला वसार–पसार गर्दै आएको थिए ।
सोही गेष्ट हाउसको एक कोठामा बस्दै आएको जानकारी भएको छ मृत्यु भएका बुढाले रक्सी खाएर बोमेट गर्ने क्रममा छतबाट खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । पोस्टमार्टमका लागि शव जिल्ला अस्पलात लिइएको छ ।







