तीन दिन नेपाल भारत जमुनाहा नाका पूर्ण रुपमा बन्द हुने

नेपालगञ्ज,२८ कात्तिक ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाकालगायत जिल्लाका सबै सहायक नाकाहरु समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

हालै नेपाल र भारतका सीमावर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा भएको सहमतिअनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ सम्मकालागि नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले सोही समयमा बर्दियाको मुख्य नाका गुलरिया नाकासँगै जिल्लाका अन्य सबै सहायक नाकाहरु पनि बन्द गरिने बताए । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्नो भूमिबाट सिमानालाई पूर्ण रुपमा बन्द गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवातजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले सिमा नाका बन्द भएको समयमा जबर्जस्ती घुसपैठ गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने बताए । उनले जमुनाहस्थित मुख्य नाका लगायत सबै सहायक नाकाहरुमा सुरक्षाकर्मीको संख्या थपेर तीन दिनसम्म निरन्तर सुरक्षा गस्तीका साथै नेपाल भारतका सुरक्षाकर्मीको पनि संयुक्त गस्ती गराइने बताए ।

भारतसँग सीमा नाका जोडिएको बाँके जिल्लाका अधिकांश मतदानस्थललाई अति संवेदनशिल मानिएकाले सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको र जनशक्ति समेत बढाइएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताए । नाकाको सुरक्षालाई प्रभावकारी बनाउन नाकामा रहेका दुबै देशका सुरक्षा अधिकारीहरुबीच देनिकजसो छलफल र भेटघाट समेत भइरहेको बाँके प्रशासनले जनाएको छ ।

गोरखापत्र

तीन दिन नेपाल भारत जमुनाहा नाका पूर्ण रुपमा बन्द हुने

नेपाली भुमि फिर्ता ल्याउने कुरा गर्दा देउवाको

तीन दिन नेपाल भारत जमुनाहा नाका पूर्ण रुपमा बन्द हुने

रारामा पूर्वाधार विकास न पर्यटकीय चहलपहल

Leave a comment

Your email address will not be published. Required fields are marked *