‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न एमाले अध्यक्ष ओलीको आह्वान

कार्तिक, २७ सुर्खेत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न आह्वान गरेका छन् । नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एमालेबाहेक अन्य दलका कार्यकर्ताहरूलाई पनि एकताबद्ध भएर जुट्न आग्रह गरे ।

एमालेले सत्ताको नेतृत्व गरे अबको दश वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रालाई गन्तव्यमा पु¥याएर विश्वकै विशिष्ट राष्ट्रको श्रेणीमा पु¥याइने उनले बताए । अध्यक्ष ओलीले केही अवसरवादी तत्वहरुका कारण राजनीतिको दलालीकरण भइरहेकाले यसको अन्त्यका लागि नागरिक सचेत हुनुपर्ने औल्याए ।

‘देशको समृद्धी र भ्रष्टाचार अन्त्यका लागि एमालेले मंसिर ४ गते हुने चुनवा जित्नै पर्ने दवाव रहेको छ,’ उनले भने, ‘नागरिकको सामाजिक सुरक्षाका लागि अग्रगामी कार्य गर्दै आईरहेको एमालले अहिले वर्षदेखि १ हजार ५ सय रुपैयाँ सेनेटरी प्याड खरिद गर्नका लागि महिलालाई नगद दिइनेछ ।’

एक फरक प्रशंङ्गमा एमाले अध्यक्ष ओलीले फुटेका हाडीका खप्टा जोडेर बनाईएको गठबन्धनले जनताका हितभन्दा आफ्नो स्वार्थ मात्र हेरेकाले ती विकाउ मालहरुलाई जनताले आगामी मंसिर ४ को चुनावबाट ठेगान लगाउने दावी गरे । ‘यो निर्वाचन विगतको जस्तो होइन, असाधारण महत्वको फैसलाको निर्वाचन हो,’ उनले भने, ‘मुलुकलाई दिशा निर्देश गर्ने हो । राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको संरक्षण गरी देशको गौरब बढाउने निर्वाचन हो ।’

उनले विकास र समृद्धिका एजेण्डा बोकेर आएको एमालेलाई जनताले बोकेका सपनाहरु साकार बनाउन चुनावमा मत दिन आग्रह गरे । गठबन्धनका शीर्ष नेतृत्वलाई प्रमुख प्रतिपक्षी दलको नेता टुङ्गो लगाउन नसकेको प्रति कटाक्ष गर्दै उनले भने, ‘सयौंं स्यालहरुको समूहले एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैनन् ।

फुटेका हाँडा खपेटा जोडेर कुनै शक्ति तयार हुँदैन । गठबन्धन भनेर आ–आफ्नै घोषण पत्र बनाउनेहरुले एउटा साझा घोषणा पत्र बनाउन नसकेकाहरुले देश बनाउँछु भन्नु कसले पत्ता¥उँछ ।’ उनले विकासको मूलवाहक एमालेलाई सबै पक्षका जनताले चुनावमा आफ्नो मत दिएर विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा यसअघि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुर्खेत क्षेत्र नं. २, (क) का प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेल, सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्वर १, का उम्मेदवार धुव्रकुमार शाहीलगायतले सभालाई सम्बोधन गरेका थिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न एमाले अध्यक्ष ओलीको आह्वान

निशुल्क आँखा शिविरमा १५२ जनाको सफल सल्यक्रिया

‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न एमाले अध्यक्ष ओलीको आह्वान

YUGAAWHAN NATIONAL DAILY (2079-07-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *