निशुल्क आँखा शिविरमा १५२ जनाको सफल सल्यक्रिया

दिलिप ढकाल
सुर्खेत,२७ कात्तिक ।

पुर्वी सुर्खेतका भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानमा मोतिविन्दुका विरामीहरुका लागी निशुल्क आखा शिविर सम्पन्न भएको छ. । नेपाल नेत्र ज्योती संघ, फत्तेबाल आखा अस्पताल फुल्टेक्रा नेपालगंज र मेहेलकुना आखा अस्पतालको सयुक्त आयोजनामा यहि कार्तिक १६ गते देखि सुरु भएको निशुल्क आखा शिविर कार्तिक २६ गतेसम्म शिविर सन्चालन भएको हो ।

शिविरमा १३१२ जनाले आखा चेकजाच गराएका थिए। जसमा २३६ जनालाई मोतिबिन्दु सल्यक्रियाको लागि सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाकामा रिफर गरिएको थियो। बाकि १,०६७ जनालाई जुन ठाउँमा चेक गरिएको हो तेही ठाउँ बाट सामान्य उपचार तथा निशुल्क औसधि वितरणपश्चात घर पठाईएको थियो।

मोतिविन्दु सल्यक्रियाको लागि सीफारिस भएका २३६ जना मध्ये १५२ जनाको मात्र मोति बिन्दुको सल्यक्रिया गरिएको र बाकि ८४ जनाको सुगर तथा प्रेसर बढी भएकाले आबश्यक औसधि उपचारको सल्लाह सुझाब सहित घर पठाइएको सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिए ।

मोतीबिन्दुको सल्यक्रिया गरेका १५२ जनालाई गुर्भाकोट नगरपालिका का नगरप्रमुख हस्त पुन तथा सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका अध्यक्ष बिर्ख नेपालि तथा नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेश प्रोजेक्ट म्यानेजर मान बहादुर कंवर ले फलफुल वितरण गर्नु भएको थियो।

शिविरको पहिलो दिन कार्तिक १६ गते भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकीमा, १७ गते भेरीगंगानगरपालिका को छिन्चु र मैनतडा स्वास्थ्य चौकीमा निशुल्क आखा शिविर संचालन भएको हो । त्यस्तै कार्तिक १८ गते गुर्भाकोट नगरपालिका को दहचौर र गुमी स्वास्थ्य चौकीमा, १९ गते धारापानी स्वास्थ्य चौकी हिलेमा, २० गते गुर्भाकोट नगरपालिका कै मालारानी र सहारे स्वास्थ्य चौकीमा शिवीर सन्चालन भएको थियो।

त्यस्तै गुर्भाकोट नगरपालिका को घुमखहरे स्वास्थ्य चौकी र मेहेलकुना आखा अस्पताल मेहेलकुनामा कार्तिक २१ शिविर सञ्चालन हुने छ । निशुल्क मोतिविन्दु अप्रेशनका लागी शिवीरबाट छनौट भएका विरामीहरुको कार्तिक २४ गते देखि २६ गतेसम्म मेहेलकुना आँखा अस्पतालमा निःशुल्क अप्रेसन गरिएको हो। शिवीरमा आखा चेकजाच का लागी विहान १० वजेदेखि दिउसो २ बजेसम्म निःशुल्क नाम दर्ता गर्ने व्यवस्था मिलाईएको थियो।

सम्पादकीय, बालश्रमः लज्जाशरणम

निशुल्क आँखा शिविरमा १५२ जनाको सफल सल्यक्रिया

‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *