लेखसँग्रही आसपासमा हप्तौं देखि फाेन सेवा अवरुद्ध

दुर्गा विसि
सल्यान,२९ भदौ ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा,७,८,९ र ११ नं वडाका केही वस्तिका स्थानीयहरु यतिखेर सञ्चार विहिन छन् ।नगरकाे लेखसंग्रही,आँपचौर,वालुवासँग्रही वजार,धारापानि रैकर वजार,ढाेरपिपल लगाएतका क्षेत्रमा केहिदिन देखि फाेन सेवा अवरुद्ध वनेकाे छ । वडा ७ काे दयालेखमा रहेको नेपाल टेलिकमकाे टावरमा खराबी आएको कुरा क्षेत्रिय दुरसचार कार्यालय सुर्खेत र शाखा कार्यालय छिन्चुलाइ पटक पटक ताकेता गरे पनि कुरा नसुन्नेकाे स्थानीय प्रकाश वस्नेतकाे भनाइ रहेको छ ।

फाेन सेवा अवरुद्ध भएको धेरै दिन वित्न सुरु भयाे,सबै निकाय माझ कुरा राखियो तर कुनैले वास्ता नदेखाएको वस्नेतकाे दुखेसो छ । जनप्रतिनिधि तथा स्थानीय सरकार समक्ष समेत समस्या दश्राउने काम भयो त्यहाँबाट पनि कुनै वास्ता नभएको जनाएको छ ।वडा ७ काे पुरै टाेल वस्ति,लेखसँग्रहि,धारापानि,वालुवासँग्रहि,ढाेरपिपल लगाएतका व्यापारीक वजार र गाउँ वस्तिका नागरिक फाेन सेवाबाट पटक पटक विमुख भएको दुखेसो पाेखने गरेका छन् ।उक्त टावरमा कहाँ कसरी खराबी आएको हो भन्ने कुरा समेत हेरदेख गर्न नअाउनु राज्यको निकाय वेखरवर बन्नुले सेवाग्राही मारमा परेका छन् ।

वडा ७ लेखसँग्रहीको दयालेख र वडा ११ काे आँपचौरमा रहेको टावरले धेरै दिन देखि काम गर्न छाेडेकाे छ।

लेखसँग्रही आसपासमा हप्तौं देखि फाेन सेवा अवरुद्ध

चुनावी प्रतिबद्दता पुरा गर्दै वडा अध्यक्ष शाही,

लेखसँग्रही आसपासमा हप्तौं देखि फाेन सेवा अवरुद्ध

रुकुम पश्चिममा बिभिन्न कार्यक्रम गरि बालदिवस मनाइदै

Leave a comment

Your email address will not be published. Required fields are marked *