सल्यानका १० स्थानीय तहमा करिब ३४ करोड बेरुजु

सल्यान,३० असार ।

सल्यानका १० स्थानीय तहको बेरुजु रकम करिब ३४ करोड रहेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा १० अर्ब ४१ करोड ७७ लाख ५० हजार लेखापरीक्षण गरेकोमा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको हो ।

प्रतिवेदनका अनुसार सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाको ४ दशमलव २२ प्रतिशत रहेको छ भने कम शारदा नगरपालिकाको १ दशमलव १५ प्रतिशत रहेको छ । त्रिवेणी गाउँपालिकाले ८१ करोड ९२ लाख ६ हजारको लेखापरीक्षण मध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ। यस्तै शारदा नगरपालिकाले १ अर्ब ३४ करोड ५५ लाख ६ हजार लेखापरीक्षण गरेकोमा १ करोड ५४ लाख ५८ हजार अर्थात् १ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ ।

कुन स्थानीय तहको बेरुजु कति ?

बनगाड कुपिण्डे नगरपालिका :  १ अर्ब १९ करोड ८६ लाख ४९ हजार लेखापरीक्षण गरेकोमा ३ करोड ५९ लाख १८ हजार अर्थात् ३ प्रतिशत बेरुजु

त्रिवेणी गाउँपालिका : ८१ करोड ९२ लाख ६ हजारको लेखापरीक्षण मध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु

बागचौर नगरपालिका :  १ अर्ब ४९ करोड ८९ लाख ८२ हजार लेखापरीक्षण गर्दा ६ करोड ११ लाख ८५ हजार अर्थात् ४ दशमलव ०८ बेरुजु

कपुरकोट गाउँपालिका :  ८६ करोड ५४ लाख ३२ हजार लेखापरीक्षण गर्दा २ करोड ३ लाख ८५ हजार अर्थात् २ दशमलव ३६ प्रतिशत बेरुजु

शारदा नगरपालिका :  १ अर्ब ३४ करोड ५५ लाख ६ हजार लेखापरीक्षण गरेकोमा १ करोड ५४ लाख ५८ हजार अर्थात् १ दशमलव १५ प्रतिशत बेरुजु

दार्मा गाउँपालिका :  ८४ करोड ६ लाख ९४ हजार लेखापरीक्षण गर्दा २ करोड ८७ लाख १६ हजार अर्थात् ३ दशमलव ४२ प्रतिशत बेरुजु

कालिमाटी गाउँपालिका :  १ अर्ब १४ करोड ५९ लाख ७७ हजार लेखापरीक्षण गर्दा ४ करोड २६ लाख ७५ हजार अर्थात् ३ दशमलव ७२ प्रतिशत बेरुजु

कुमाख गाउँपालिका  :  १ अर्ब ६ करोड ९४ लाख ६५ हजार लेखापरीक्षण मध्ये ४ करोड २६ लाख ७५ हजार अर्थात् ३ दशमलव ८५ प्रतिशत बेरुजु

छत्रेश्वरी गाउँपालिका : १ अर्ब ९ लाख ३३ हजार लेखापरीक्षण मध्ये बेरुजु ३ करोड ७३ लाख ३० हजार अर्थात् ३ दशमलव ७३ प्रतिशत बेरुजु

सिद्ध कुमाख गाउँपालिका :  ६३ करोड २९ लाख १६ हजार लेखापरीक्षण मध्ये १ करोड ८३ लाख १२ हजार अर्थात् २ दशमलव ८९ प्रतिशत बेरुजु

सल्यानका १० स्थानीय तहमा करिब ३४ करोड बेरुजु

लिफ्ट सिँचाइमार्फत गाउँमै पानी आएपछि गाउँका बासिन्दा

सल्यानका १० स्थानीय तहमा करिब ३४ करोड बेरुजु

गोरेटो बार एण्ड रेस्टुरेन्ट’ को उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *