शिक्षा क्षेत्रमा पारेको असर शिर्षकमा विभिन्न कार्यक्रम सम्पन्न

वसन्त शर्मा
सल्यान ३१ जेठ
रेडक्रसको सक्रियता विधार्थीको सहभागितामा विभिन्न जनचेतामूलक कार्यक्रम सञ्चालन भएको छ । चाइना इन्टरनेशनल फमीन रिलाइफ कमिशनको आर्थिक सहयोगमा साथै नेपाल रेडक्रस सोसाइटी सल्यानको आयोजनामा कुमाख गाउँपालिका भित्रका माध्यामिक १० ओटा विद्यालयमा हुदै छ ।
कोभिड् १९ ले “ शिक्षा क्षेत्रमा पारेको असर शिर्षकमा दोहोरी गीत , हाजिरीजवाफ प्रतीयोगिता, गर्दै जाने क्रममा आज कुमाख् गाउँपालिका २ मा रहेको नारायण माध्यमिक विद्यालयमा पनि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम हुने छात्रा झरना बुढा दितृय विजय राना, तृतिय सिता रावतलाई पुरस्कृत गरिएको कार्यक्रमका संचालक नेपाल रेडक्रस सोसाइटी सल्यानका स्वयमसेवक भुवनेश्वर शर्माले बताउनुभयो ।

कार्यक्रम कुमाखÞ गाउपालिका समुदाय देखि विद्यालय सम्म सबैलाई जनचेतना फैलाउने र शिक्षामा गुणस्तरिय परिवर्तन ल्याउने उद्देश्य हो । विभिन्न बानीको विकास गर्न बालबालिकाको बाल प्रतिभालाई प्रस्फुटन गर्दै बालबालिका विद्यालयमा आउँदा जाँदा शारीरिक मानसिक संवेगात्मक कुनै असर नपरोस् भनी यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
यति राम्रो कार्यक्रम विद्यालय सम्म ल्याएर विद्यार्थीको चेतना अभिबृद्धि गरी दिएको मा रेडक्रसको यो अमूल्य सहयोग गरेकोमा प्रधानाध्यापक देबेन्द्र रावतल धन्यवाद व्यक्त गर्नुभयो ।






