२०८३ असार २ गते
×

Now Playing

गुणस्तरहीन तथा पुराना यातायातका साधनहरु बन्द गर्न सुझाव

दिपेन्द्र शर्मा
जाजरकोट ३१ जेठ ।

जिल्लामा गाडी दुर्घटना रोक्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जोड दिएको छ । शान्ति सुरक्षा तथा नियमनकारी निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, नियमित रुपमा व्यवसाय संचालन गरिरहेको यातायात प्रालीको ध्यानाकर्षण गराएर जिल्लामा गाडी दुर्घटना रोक्न नेकपा, जाजरकोटले विशेष जोड दिन थालेको छ ।

दुखान्तपूर्ण पटक–पटक जिल्लामा भएका अप्रिय गाडी दुर्घटनाका घटनालाई दृष्टान्तका रुपमा प्रस्तुत गरेर नेकपा, जाजरकोटले जिल्लामा हुदै आएका गाडी दुर्घटना घटनालाई रोक्न सडक पूर्वाधार सुधार गर्नुको साथै नियमित गाडी सर्भिसिङ्ग गर्नुपर्ने, पुरानो कभाड गाडीहरु संचालनमा  संचालनमा रोक लगाउनुपर्ने,जनाएकाे छ ।

यातायात व्यवसायलाई जिम्मेवार, व्यवस्थित र मर्यादित बनाउन गाडी पुगेका जिल्लाका सवै ठाउँमा बसपार्क, टिकट काउण्टरको व्यवस्था गर्नुपर्ने नेकपा, जाजरकोटले यातायात व्यवसायीलाई सुझाएको छ ।

यात्रु तथा सवारहरुलाई सुरक्षाको अनुभुति दिलाउन अनिवार्य रुपमा टिकटको व्यवस्था गर्नुको साथै गाडी सिट संख्या भन्दा बढि यात्रुहरु राख्न नपाईने, गाडीमा अपाङ्ग, महिला, सम्मानित जेष्ठ नागरिकहरुका लागि सुरक्षित सिटको व्यवस्था गर्नुपर्ने विषयमा नेकपा, जाजरकोटले जोड दिएको छ ।

नेकपा, जाजरकोटका संयोजक पौरख मल्लको नेतृत्वको एक टोलीले मंगलबार जिल्लामा रहेको जाजरकोट–डोल्पा यातायात प्रालीलाई लिखित रुपमा ध्यानाकर्षण गराएको हो। प्रालीको कार्यालयमा पुगेर नेकपा, जाजरकोटको टोलीले जाजरकोट–डोल्पा यातायात प्रालीका महासचिव नर बहादुर जैसी र प्रालीका म्यानेजर लोकेन्द्र चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

नेकपाले बुझाएको ध्यानाकर्षण पत्र जनपक्षिय रहेको बताउदै प्रालिका म्यानेजर चन्दले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरुलाई तत्कालै सम्बोधन गर्न आफुहरु लागिपर्ने प्रतिवद्ता जाहेर गरेका छन् ।

गुणस्तरहीन तथा पुराना यातायातका साधनहरु बन्द गर्न सुझाव

करणको पाँच विकेट र दुवै ओपनरले अर्धशतक

Leave a comment

Your email address will not be published. Required fields are marked *