करणको पाँच विकेट र दुवै ओपनरले अर्धशतक बनाएपछि ओमानमाथि नेपालको सहज जित

काठमाडौं,१ असार ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ। घरेलु टिम अमेरिका, ओमान र नेपालबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा पहिलो जित हात पारेको हो ।

बुधबार बिहान टेक्सासको मोसा रंगशालामा सकिएको खेलमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३३.१ ओभरमै पूरा ग¥यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे।

कुशलले ५६ रन र आसिफले ६२ रन जोडे। कुशलले ७५ बल खेलेर ५ चौका र आसिफले ८६ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे। देव खनाल १० रनमा आउट हुँदा उपकप्तान रोहित पौडेलले नटआउट २६ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ७ रन जोडे।

रोहितले २१ बलमा १ चौका र १ छक्का तथा दीपेन्द्रले ५ बलमा १ चौका हिर्काए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १६३ रनमै अलआउट भयो। उसका लागि कप्तान जीशन मक्सुदले सर्वाधिक ५२ रन र सन्दीप गौडले ४७ रन जोडे ।

 

ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपालका करण केसीले ५ विकेट लिए। उनले ९ ओभरमा ३३ रन खर्चिए। एकदिवसीय खेलमा करणले लगातार दोस्रो खेलमा पाँच विकेट लिन सफल भएका हुन् । अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि उनले पाँच विकेट लिएका थिए ।

कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे । जितसँगै २ अंक जोडेको नेपाल लिग–२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ। नामिबियालाई पछि पारेको नेपालको १५ खेलबाट १५ अंक भएको छ ।

छैठौं स्थानमा झरेको नामिबियाको १४ खेलबाट १४ अंक छ। यता लिग–२ का सबै खेल खेलिसक्दा शीर्ष स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ । दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक, तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक र चौथो स्थानको अमेरिकाको २३ खेलबाट २१ अंक छ। पुछारको पपुवा न्युगिनीको २० खेलबाट २ अंक छ ।
स्रोत ः सेतोपाटी

करणको पाँच विकेट र दुवै ओपनरले अर्धशतक बनाएपछि ओमानमाथि नेपालको सहज जित

गुणस्तरहीन तथा पुराना यातायातका साधनहरु बन्द गर्न

करणको पाँच विकेट र दुवै ओपनरले अर्धशतक बनाएपछि ओमानमाथि नेपालको सहज जित

पेट्रोलियम पदार्थको अभाव : ६० हजार लिटर

Leave a comment

Your email address will not be published. Required fields are marked *