बुधबार सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं,२९ असार ।

बुधबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसर्थ, सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँ गिरावट देखिएको हो । त्यसैगरी, महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोत : सेतोपाटी

बुधबार सुन–चाँदीको मूल्य घट्यो

लगातार तीन दिनसम्म वर्षाको सम्भावना

कांग्रेस नेतालाइ गठबन्धनको आश र त्रास

Leave a comment

Your email address will not be published. Required fields are marked *