लगातार तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं,२९ असार ।

आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ । बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हेर्नुहोस् शुक्रबारसम्मको मौसम अनुमान
बुधबार

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बिहीबार
दिउँसो :  देशभर सामान्य बदली रहनेछ। देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ ,मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

स्रोत : सेतोपाटी

लगातार तीन दिनसम्म वर्षाको सम्भावना

आज भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती

लगातार तीन दिनसम्म वर्षाको सम्भावना

बुधबार सुन–चाँदीको मूल्य घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *