रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी

रुकुम पश्चिम,२९ असार ।

रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको पाँच जना परिवार बिरामी भएका हुन् । घरमुली आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बिरामी हुनेहरुमा ३६ बर्षीय आशिराम खत्री सहित उनको श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री रहेको प्रहरी नायव उपरिक्षक बिष्णुकुमार सोतीले जानकारी दिए  ।

उनका अनुसार बिरामी पाँचै जनालाई बुधबार बिहान जिल्ला अस्पताल सल्लीमा उपचारको लागि ल्याईएको प्रहरीले जनाएको छ । घाईते मध्य घरमूली आशिराम र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्य तीन जना भने बोल्न सक्ने अवस्थामा रहेका छन् । बर्षायाममा जंगली बिषालु च्याउ खाएर विभिन्न स्थानमा मान्छेहरु बिरामी परेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले यसतर्फ सचेत रहन आग्रह समेत गरेको छ ।

स्रोत : गोरखापत्र

रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी

कर्णालीका पालिकाबाट करार कर्मचारी हटाउन थालियो

दुई पालिका अझै सडक सञ्जाल बाहिर

Leave a comment

Your email address will not be published. Required fields are marked *