प्रत्यक्ष निर्वाचनमा पहिलो पटक कुन्ति र गोमा
पुनम विसि
सुर्खेत,२६ असोज ।
प्रतिनिधि सभाका लागि कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई–दुई निर्वाचन क्षेत्र र अन्य जिल्लामा एक–एक निर्वाचन क्षेत्र गरी कर्णालीमा प्रतिनिधि सभाका लागि कुल १२ निर्वाचन क्षेत्रहरु छन् । गठवन्धन दलका रुपमा रहेका नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) को भागवण्डा बमोजिम जुम्लामा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रको भागवण्डामा परेको थियो ।
सोहि अनुरुप गठवन्धन दलका तर्फबाट माओवादी केन्द्रकी गोमा गौतम कुँवरले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएकी छिन् । यसै गरी दैलेखमा प्रतिनिधिसभातर्फ रहेका दुई निर्वाचन क्षेत्रमध्ये दैलेख–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कुन्ति शाहीले उम्मेद्वारी दर्ता गराएकी छिन् ।
कर्णालीको राजनैतिक क्षेत्रमा मुख्य दख्खल राख्ने राजनैतिक दलहरुले यसपालिको प्रतिनिधि सभाका निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलालाई उम्मेद्वार बनाएको यो पहिलो पटक नै हो । यस अघिको प्रतिनिधि सभा निर्वाचन २०७४, मा कर्णालीका प्रमुख राजनैतिक दलहरुले महिलालाई प्रत्यक्षतर्फ उम्मेद्वार बनाएका थिएनन् ।
कुन्ति र गोमाको राजनैतिक यात्रा
यसअघिका निर्वाचनमा समानुपातिक तर्फबाट कुन्ति र गोमा दुबै राज्यमन्त्री समेत भईसकेका नेतृ हुन् । यी दुबै नेतृ आफ्नो निर्वाचन क्षेत्रमा राम्रै प्रभाव राख्छन्पनि । यसका साथै प्रतिनिधित्व गरिरहेका राजनैतिक दलमा समेत उनीहरुको सक्रिय भूमिका र उपस्थिति छ ।
राप्रपा महामन्त्री समेत रहेकी कुन्तिले पञ्चायती व्यवस्थाको अन्त्यपछि कांग्रेस र कम्युनिस्ट पार्टीहरूले विद्यालय तहमा भ्रातृ संगठनको विस्तार गर्ने बेला कक्षा ८ मा पढ्दै गर्दा अनेरास्ववियु पाँचौँको झण्डा समातेकी थिइन् । उनी संगठनको सचिव भइएपनि पञ्चायती राजनीति गरेको पारिवारिक पृष्ठभूमि भएकाले उनी छिट्टै राप्रपामा संगठित हुन पुगिन् ।
अनेरास्ववियुमा राजनीतिको पाइला चालेकी कुन्ति २०४७ सालमा राप्रपा स्थापनापछि नै सो पार्टीको विद्यार्थी राजनीतिमा लागेकी थिइन् । बुबा भक्तबहादुर शाही दैलेखको साविक क्षेत्र नं. १ मा जिल्ला पञ्चायतका सभापति थिए । िव द्य ा र्थ ी क ा ल म ा नेपालगञ्जको महेन्द्र बहुमखी क्याम्पसबाट राजनीति शुरु गरेकी कुन्ति हालका राप्रपा अध्यक्ष र ा ज े न् द ्र िल ङ ् द े न विद्यार्थी संघको अध्यक्ष हुँदा उपाध्यक्ष थिइन् ।
पहिलो संविधानसभामा राप्रपाबाट सभासद् बनेकी उनी त्योबला बनेको गठबन्धनको सरकारमा पहिलो पटक राज्यमन्त्री समेत भएकी थिइन् । राप्रपाको अघिल्लो महाधिवेशनमा सह– महामन्त्री रहेकी कुन्ती दोस्रो संविधानसभामा पनि सभासद् भइन् । गोमा कुँवर जुम्लाबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी छिन् । माओवादी केन्द्रतर्फबाट प्रतिनिधित्व गर्दै गोमा यसअघि राज्यमन्त्री समेत बनिन् ।
१६ वर्षको उमेरमै उनि २०५६ सालदेखि माओवादी राजनितिमा समावेश भएकी थिइन् । १० वर्षे जनयुद्वका समयमा गोमाले पार्टीमा नेतृत्वदायी भूमिका समेत निर्वाह गरिन् । जनयुद्धको समयमा कर्णालीका जिल्ला कार्यक्षेत्र बनाएकी गोमाले माओवादी निकट भगिनी संगठनको जुम्ला जिल्ला नेतृत्वबाट राजनैतिक यात्रा सुरु गरेकी हुन् ।
यसपछि भेरी– कर्णाली अध्यक्ष हुदै महिला संगठनको केन्द्रीय सचिव समेत भइन् । प्रविणता तह अध्ययन गरेकी उनी पार्टीको क्षेत्रीय तथा केन्द्रीय सदस्य हुदै पोलिटब्युरो सदस्य समेत रही राजनैतिक क्षेत्रमा सक्रिय महिला हुन् ।
सम्भावना कति ?
प्रतिनिधिसभा निर्वाचन, २०७४ मा जुम्लाबाट प्रत्यक्षतर्फ ६ जनाको उम्मेद् वारी परेको थियो । यसअघि पनि नेकप माओवादी केन्द्र) तर्फका उम्मेद्वार गजेन्द्रबहादुर महत निर्वाचत भए । सो समयमा माओवादी केन्द्रले नेकपा एमालेसँग गठवन्धन गरेको थियो । महत निर्वाचत भए, नेपाली कांग्रेसका उम्मेद्वार देवेन्द्रबहादुर शाही भने आठ हजार २४ मत अन्तरका साथ दोस्रो बने । अहिले माओवादी केन्द्रकै तर्फबाट महिला प्रतिष्पर्धीका रुपमा कुँवरको उम्मेद्वारी छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेसँग गठवन्धन गरेको माओवादी केन्द्रले अहिले काँग्रेससँग सहकार्य गरेको छ । अघिल्लो मत मात्र आंकलन गर्ने हो भने जुम्लाबाट गोमाको प्रतिनिधि सभा यात्रा सुनिश्चित झै देखिन्छ । गठवन्धनमा रहेका दलहरुको आन्तरिक भूमिकाले यसमा निकै प्रभाव राख्न सक्ने देखिन्छ ।
यता कुन्तिको निर्वाचन क्षेत्र, दैलेख–१ मा यस अघिको प्रतिनिधि सभा निर्वाचनमा आठ जनाले उम्मेद्वारी दिएका थिए। सो निर्वाचनमा नेकपा एमालेका रविन्द्रराज शर्मा २३ हजार बढी मतका साथ निर्वाचत भए । राष्ट्रिय प्रजातन्त्र पार्टीकै उम्मेद् वार दीपक कुमार शाही भने ६ हजार पाँच सय २१ मत अन्तरले दोस्रो भएका थिए ।
अहिले गठवन्धनमा रहेका दलहरुले भागवण्डा अनुसार कुन्तिको उम्मेद्वारी रहेको निर्वाचन क्षेत्रमा नेकपा (एकिकृत समाजवादी)का उम्मेद्वार अम्मरबहादुर थापाको उम्मेद्वारी परेको छ । यता नेपाली कांग्रेस (बी.पी.)का तर्पmबाट भूपालबहादुर थापाले सोहि क्षेत्रबाट उम्मेद्वारी दिएका छन् । यो अवस्थामा निर्वाचित हुन, गठवन्धनका दलका बीचमा असमझदारी भए या अघिल्लो निर्वाचनको तुलनामा थप केहि मत प्राप्त भएमा कुन्तिका लागि यो निर्वाचन उनको पक्षमा हुने देखिन्छ ।
महिला सहभागिताको प्रश्न
यस अघिको प्रतिनिधिसभा निर्वाचन २०७४, मा कर्णालीबाट प्रतिनिधिसभा निर्वाचनको १२ सिटका लागि ८१ उम्मेद्वार प्रत्यक्ष निर्वाचनमा उत्रिएका थिए । जसमध्ये तीन जना महिला मात्र प्रत्यक्षतर्फको उम्मेद्वारीमा देखिए । स ु र्ख े त – २ ब ा ट राष्ट्रिय जनमोर्चाले कृष्णाकुमारी रावललाई उम्मेद्वार बनाएको थियो ।
सुर्खेत–१ बाट विवेकशिल साझा पार्टीले रम्मा आचार्यलाई उम्मेद्वार बनाएको थियो । यसैगरी हुम्लाबाट एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले देबकी शाहीलाई उम्मेद्वार बनाएको थियो । राज्यका हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता र प्रतिनिधित्व संविधानले नै सुनिश्चित गरेको छ ।
तर निर्वाचनका समयमा भने राजनैतिक दलहरुले महिला सहभागिता तथा समावेशिताको विषयलाई त्यति चासोका रुपमा राख्दैनन् । ‘दलहरुले समावेशितालगायत महिला सहभागिताको विषयलाई व्यवहारिक रुपमा कार्यान्वयन गरेको देखिदैनि । अनौपचारिक सेवा केन्द्र (इन्सेक), सुर्खेतका कार्यक्रम संयोजक नारायण सुवेदी भन्छन् अझ भन्नुपर्दा दलहरुले यस विषयमा इच्छाशक्ति नै देखाउदैनन् । जसको कारण महिला सहभागिता बढ्दै जानुपर्नेमा झन् घट्दै जान थालेको देखिन्छ ।
’ राजनैतिक तहमा महिला सहभागिता बढाउन तथा हालको अवस्थामा सुधार ल्याउनका लागि सम्वन्धित क्षेत्रकै महिलाहरुको पहिलो अग्रसरता खाँचो समेत रहेको उनको धारणा छ । ‘राजनीतिक क्षेत्रमा रहेका महिलासमेत पहिले त आफै अग्रसर हुनपर्छ । उनले भने, यसका साथै सरोकारवाला संघ–संस्थालगायतले महिला सहभागिता बढाउनका लागि खवरदारी, माग, दाबी तथा पैरवी गर्नुपर्ने हुन्छ ।’
हाल निर्वाचनहरु भड्किलो तथा खर्चिलो भईरहेको कारण पनि यसले सले महिला सहभागिता वृद्विमा वाधा पु¥याएको सुवेदीको धारणा छ । यस अघिको प्रतिनिधि सभा निर्वाचन, २०७४ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच गठवन्धन भएपनि गठवन्धनमा रहेका दललगायतका ठूला दलहरु कसैले पनि प्रत्यक्षतर्फ महिलालाई उम्मेद्वार बनाएका भने थिएनन् ।
यस पटकको निर्वाचनमा भने गठवन्धनमा रहेको नेकपा माओवादीले कर्णालीमा प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचनमा एक मात्र उम्मेद्वार बनायो, यसैगरी राप्रपाले समेत एक जना महिला मात्र । उम्मेद्वारी फिर्ता लिने अन्तिम समयसम्ममा भने अन्य दलहरुबाट अघिल्लो निर्वाचनमा झै उम्मेद्वारीमा थोरै संख्यामा मात्र महिलाको उपस्थिति देखिने अवस्था छ ।





