गुर्भाकोटमा कान सम्बन्धि स्वास्थ्य शिबिर सम्पन्न

दिलिप ढकाल
सुर्खेत, असार २७
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा काँन सम्बन्धि समस्या भएका बिरामी हरुका लागि कान स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ एकीकृत आखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग,प्रदेश अस्पतालको प्राबिधिक सहयोग तथा गुर्भाकोट नगरपालिका र सामुदायिक आखा अस्पतालको आयोजनामा कान स्वास्थ्य शिबिर सम्पन्न भएको हो।

यहि असार २५ गते गुर्भाकोट नगरपालिका वडा नम्बर ९ स्थित आधारभूत स्वास्थ्य केन्द्र बोटेचौर र असार २६ गते सामुदायिक आखा अस्पताल तथा सर्जिकल सेन्टरमा बिरामी हरुको कान सम्बन्धिका बिरामीहरुको समस्या तथा सुनुवाई सम्बन्धि जाच गरिएको थियो ।
२५ गते बोटेचौरमा सम्पन्न शिबिरमा ६०जना महिला र ४४ जना पुरुष गरि जम्मा १०४ जना र २६ गते सामुदायिक आखा अस्पताल तथा सर्जिकल सेन्टर मेहेलकुनामा ५४ जना महिला र ५६ जना पुरुष गरि जम्मा ११० जना को कान सम्बन्धि चेक जाच तथा परिक्षण गरिएको थियो ।

२ दिन मा चेक जाच गरेका जम्मा २१४ जना मध्ये कानको सुनुवाई तथा कानमा समस्या भएका ४४ जना लाई सल्यक्रिया गर्नु पर्ने देखिएको सामुदायिक आखा अस्पताल मेहेलकुनाका कार्यालय प्रमुख दिपेन्द्र साहानीले जानकारी दिनु भयो। कानको चेक जाच गर्दा कान पाक्ने, चिलाउने,कानको जालीमा प्वाल परेको श्रवन क्षमता कमि भएका बिरामी हरुले उपचार सेवा पाएका थिए ।






