बाफिकोट गाउँपालिका पुर्ण खोप घोषणा

प्रचण्ड खत्री
रुकुम पश्चिम ,२७ असार ।

रुकुम (पश्चिम)को बाफिकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई जिल्लामै तेस्रो पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जानकी मल्ल्ले जानकारी दिईन ।

प्रत्येक स्वास्थ संस्थामा रहेका खोप समन्वय समितिले पालिकाभरीका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको मल्लले बताईन ।

त्यस्तै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जनककुमार बाठाले हाम्रो जीवनसंग महत्त्वपूर्ण रुपमा खोप जोडिएको बताउदै मानव स्वास्थको प्रमुख आधार खोप रहेको उल्लेख गरे । यस्तै, एक बालकलाई पूर्ण खोप लगाउदा राज्यले २५–३० हजारका दरले ठुलो रकम खर्च गर्ने भएकोले यसलाई सामान्य रुपमा लिन नहुने बताए । ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय निमित्त स्वास्थ प्रमुख बिस्णु बुढाथोकी लगायत गाउँपालिका स्थित सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपालमा शिशु जन्मने बित्तिकै बिसिजी लगाईन्छ भने १५ महिना भित्र १३ प्रकारका रोग विरुद्ध खोप सञ्चालन गरिदै आएको छ ।

बाफिकोट गाउँपालिका पुर्ण खोप घोषणा

अवस्था निरासाजनक, कर्णाली प्रदेशको बजेट खर्च घट्यो

बाफिकोट गाउँपालिका पुर्ण खोप घोषणा

गुर्भाकोटमा कान सम्बन्धि स्वास्थ्य शिबिर सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *