एमाले युवा संघ पालिका अध्यक्ष समाजवादीमा

सुर्खेत, २८ चैत्र ।
नेकपा एमाले बराहताल गाउँपालिका युवा संघका अध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । युवा संघ नेपाल बराहताल गाउँपालिका कमिटीका अध्यक्ष उमेश गौतम समाजवादी प्रवेश गरेका हुन ।
गौतमलाई एकीकृत समाजवादी वडा नं. ८ को वडा कमिटी सचिवको जिम्मेवारी दिइएको छ । एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य खड्क केसी, बराहताल गाउँ कमिटी अध्यक्ष अर्जुन कुमार बुचा मगर, जिल्ला कमिटी सदस्य गणेश बहादुर सलामी मगरको उपस्थितिमा पार्टी प्रवेश तथा वडा कमिटी गठन गरिएको थियो ।






