बराहतालमा काँग्रेसकाे सामाजिक अभियान

सुर्खेत, २७ फागुन ।
नेपाली काँग्रेस बराहताल गाउँपालिका सुर्खेतले निर्वाचन केन्द्रीत आफ्ना गतिविधिहरु बढाएको छ । गाउँपालिका सभापति भिम बहादुर भण्डारीको सक्रियतामा काँग्रेस घरघर जाउँ, नेपाली काँग्रेस जिताउँ अभियान सञ्चालन गरिएको छ ।
पार्टीलाई एकता र जनताहरुका जन गुनासो गाउँ–बस्ति, टोल–छिमेकमा पुग्ने जनगुनासो सुन्ने, बस्तिमा रहेका अधुरा, अलपत्र परेका योजनालाई अबलोकन, अनुगमन गरी निर्माण सम्पन्न गर्न खबरदारी गर्ने योजना अनुसार अभियान सञ्चालन गरिएको हो ।
घरघर जाउ, कांग्रेस जिताउने अभियान बराहताल गाउँपालिकाका १० वटै वडामा सञ्चालन गरिएको पालिका सभापति भण्डारीले जानकारी दिनुभएको छ ।
बाटो, मन्दिर, खानेपानी र यहाँका युवा, जेष्ठ, अपाङ्गता, बालबालिका र महिलाहरूलाई कसरी आय–आर्जन, सीपमूलक कार्यमा जोडन सकिन्छ भनि छलफल अनुसन्धान गरिने, हजार दिनका आमाहरुलाई पोषण बितरणलाई प्रभावकारी बनाउँने जस्ता सामाजिक कार्यमा सक्रियता जनाइएको छ ।
पार्टीलाई अबका दिनमा सुशासन। समृद्ध गरी एक ढिका भई घरघर जाउ, कांग्रेस जिताउ अभियान कार्यक्रम सफल बाउने सभापति भण्डारीले जानकारी दिनुभएको छ ।






