काँग्रेस दैलेखको डुङ्गेश्वरमा अन्तरक्रिया

दशरथ लम्साल
दैलेख, २७ फागुन ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेपाली काँग्र्रेस दैलेखले अन्तरकृया कार्यक्रम गरेको छ । दैलेख का ११ वटै स्थानीय तहमा भैरहेको कार्यक्रम अन्तरगत विहिबार डुङ्गेश्वरमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्र्रेस केन्द्रीय सदस्य सीता रानाको प्रमुख आतिथ्यता तथा डुङ्गेश्वर गाउँपालिका सभापति भिम भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दैलेख काँग्र्रेस पार्टी सभापती मणिराम रेग्मी, काँग्रेस नेता कृष्ण कुमार बिसि, गणेश खड्का, बखत कटुवाल, पुर्ण चालिसे, बास्ना थापा, गुराँस गाउँपालिका अध्यष खेम वली लगायतको उपस्थिती थियो ।
कार्यक्रममा काँग्र्रेसको उपलब्धी के आगामी रणनिती के कस्तो रहने र गुनासोहरुको सुनुवाइ लगायत का प्रसंगहरु जोडिएका थिए कार्यक्रम को सञ्चालन काँग्रेश डुङ्गेश्वर सचिव भक्त शाहीले गरेका थिए ।







