मेहलकुनामा यामाहा बाइकको नयाँ ‘शोरुम’ संचालन

दिलिप ढकाल
गुर्भाकोट, २७ फागुन ।
गुर्भाकोट नगरपालिकाको वडा नं. ७ मेहलकुना बजारमा एम ए डब्ल्यू यामहा को नयाँ शो रुम सञ्चालनमा आएको छ । गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले बिहीवार एक कार्यक्रमका बीच रिबन काटेर तथा पानसमा बत्ति बालेर यामहा शोरुमको शुभारम्भ गर्नुभएको हो ।

मेहेलकुनामा नयाँ शो रुमको शुभारम्भ भएसँगै नयाँ दुईपाङ्ग्रे सवारी साधन खरीद तथा स्पेयर पार्टस र सर्भिस सेन्टरका सुविधा प्राप्त हुनेछन् ।

गुर्भाकोट नगरपालिकाको वडा नं. ७ मेहेलकुनास्थित दिपेश इन्जिनियरिङ् अटो पार्टस् एण्ड सप्लायर्सले एम ए डब्लु यामाहाको शो रुम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा शुभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवेन्द्र शाह, वडा नं. ७ का अध्यक्ष बिर्ख बहादुर सार्की, वडा नं. ८ का अध्यक्ष चित्र बहादुर रेग्मीले लगायतले शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रम समारोहमा एम ए डब्लु यामाहाका तर्फबाट बजार व्यवस्थापनतर्फ सहायक महाप्रबन्धक हरि दाहालको पनि उपस्थिति रहेको थियो ।

शुभारम्भ कार्यक्रम अघि मेहेलकुना बोटेचौर, बोटेचौर जहरे र जहरे मेहेलकुना यमाहा बाइक ¥याली समेत गरिएको थियो । शुभारम्भको पहिलो दिन नै ३ वटा दुईपाङ्ग्रे सवारी साधन बिक्री गरिएको दिपेश इन्जिनियरिङ अटो पार्टसका सञ्चालकद्वय रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मेहलकुनामा यामाहा बाइकको नयाँ ‘शोरुम’ संचालन

‘घर–घर जाआै, कांग्रेस जिताऔ’ सिम्ता अभियान

मेहलकुनामा यामाहा बाइकको नयाँ ‘शोरुम’ संचालन

वाणिज्य बैंक जुम्ला प्रबन्धक चौधरी विरुद्ध मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *