लाइसेन्सको नयाँ आवेदन जेठदेखि

काठमाडौँ, २७ चैत्र ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ ।

विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम भर्नेको संख्या पाँच लाख ७२ हजार पुगेको थियो ।

फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।

घिमिरेले भन्नुभयो, ‘व्यवस्थित र छिटोछरितो सेवा प्रवाहका लागि तयारी गर्न हाललाई नयाँ आवेदन बन्द गरिएको हो । जेठसम्म हामीले बाँकी रहेका सबै काम सम्पन्न गर्दैछौँ, त्यसपछि निरन्तरको प्रक्रियामा जान्छौँ, असारदेखि आवेदन दिएको एक हप्तामै ट्रायल लिने तयारी गरेका छौँ ।’

कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप एक्कासि बढेको थियो । कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो ।

लाइसेन्सको नयाँ आवेदन जेठदेखि

राजस्व छलेर सुर्खेत ल्याउँदै गरेको चिनी बरामद

लाइसेन्सको नयाँ आवेदन जेठदेखि

कालीकोटको चिल्खाया बन्यो मार्सी जिउलो

Leave a comment

Your email address will not be published. Required fields are marked *