अधिकांश सदस्य बैठकमा अनियमित

सुर्खेत,२३ भदौ।

कर्णाली प्रदेश सभा बैठकको साढे चार वर्षको अवधिको दसौं अधिवेशन अवधिसम्म २१५ वटा बैठक बसेको छ। प्रदेश सभाका अधिकांश बैठकमा प्रदेश सभा सदस्य चाहिँ प्राय: नियमित देखिएनन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङका अनुसार यस अवधिमा सबैभन्दा बढी बैठकमा अनुपस्थित पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही भए । प्रदेश सभाको बैठक २१५ दिन बस्दा ९७ दिन मात्रै शाही बैठकमा उपस्थित भएका  थिए ।

सबैभन्दा बढी बैठकमा उपस्थित हुने प्रदेश सभा सदस्य नेकपा एमालेका राजु नेपाली थिए । उनी  २१० दिन बैठकमा उपस्थित भएका थीए । हालका मुख्यमन्त्री जीवनबहादुर शाही यस अवधिमा १७७ दिन उपस्थित भएका थिए । नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहेका  उनी  मुख्यमन्त्री बन्नुअघि प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० संसदीय दलका नेता यामलाल कँडेल १७२ दिन प्रदेश सभा बैठकमा उपस्थित भएका थिए । संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ। प्रतिपक्ष दलकै प्रदेश सभा सदस्यको उपस्थित पनि कमै छ। नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका  प्रदेश सभा सदस्य गुलाबजङ्ग शाह १९६ दिन उपस्थित भएका हुन।

यस्तै प्रदेश सभा सदस्य सुशीला शाही १८७ दिन उपस्थित भएका छन। उनि राप्रपाकी एक्ली प्रदेश सभा सदस्य हुन। प्रदेश सभामा दुई सय दिनभन्दा बढी उपस्थित हुने तीन जना प्रदेश सभा सदस्य छन्।

नेपाली कांग्रेसका सचेतकसमेत रहेकी  अमृता शाही २०८ दिन, पूर्वमन्त्री तथा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेकि  प्रदेश सभा सदस्य गोपाल शर्मा १४७ दिन बैठकमा उपस्थित भएका  छन  । प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री र मन्त्रीहरूले प्रदेश सभाको बैठकभन्दा पार्टीका बैठक, प्रशिक्षण, अन्य कार्यक्रमलाई प्राथमिकता दिएका कारण बैठकमा न्यून उपस्थित भएको पाइन्छ। प्रदेश सभा र सरकारका काममा भन्दा पनि उद्घाटन कार्यक्रम र पार्टीका कार्यक्रममा बढी सहभागी हुने गरेको भन्दै आलोचना हुँदै आएको छ। राजनीतिक विश्लेषक अर्जुनबहादुर ऐडीले प्रदेश सभा सदस्यहरू नीतिगत छलफललाई प्राथमिकता दिनेभन्दा पनि विकासे कार्यकर्ताका रूपमा प्रस्तुत भएको टिप्पणी गरे ।

उनले भने “प्रदेश सभाका सदस्यले प्रदेश सभाको मर्म बुझिदिनुभएन तथा प्राथमिकतामा राख्नुभएन भन्ने लाग्छ। प्रदेश सभा कसरी चलाउने भनेर सबै जिम्मेवार हुनुपर्ने थियो। सोहीअनुसार वास्ता नगरेको देखियो। प्रदेश सभाका सदस्यहरूमा जनताको प्रतिनिधिभन्दा पनि सांसद बन्न र मन्त्री बन्ने जागिरे मानसिकता देखियो।

उहाँले उद्घाटनलगायतका कार्यक्रममा गइरहँदा जनतासँग नजिक हुन र आफ्नो राजनीतिक भविष्यलाई सुरक्षित राख्नलाई सहयोग पुग्ने भएकाले सांसदले बाहिरका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

गाेरखापत्र 

अधिकांश सदस्य बैठकमा अनियमित

दिवा खाजाले विद्यार्थी नियमित

अधिकांश सदस्य बैठकमा अनियमित

डाक्टरले दिए सामूहिक राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *