ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यजाँच

सल्यान ,२४ असार ।

छत्रेश्वरी गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यजाँच गर्न थालेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा ज्येष्ठ नागरिक उपचारबाट वञ्चित भएको भन्दै गाउँपालिकाले घरमै पुगेर उपचार गर्ने व्यवस्था गरेको हो ।

अहिलेसम्म ८० वर्षमाथिका १२४ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिक आफै उपचारका लागि बाहिर जान नसक्ने भएकाले ज्येष्ठ नागरिककै घरघरमा पुगेर उपचार सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् ।

‘भौगोलिक विकटता र हिँडडुल गर्न नसक्ने नागरिकलाई सहज होस् भनेर घर घरमै पुगेको उपचार दिइरहेका छौँ’,उनले भनिन्, ‘यसका लागि वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खटाएका छौँ । उपचारका क्रममा स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकलाई निःशुल्क औषधी समेत दिने गरेका छन् ।

उपचारका क्रममा सबैभन्दा बढी रक्तचाप, मधुमेह, दम, बाथ, पेट दुख्ने समस्या देखिएको छ । घरमै उपचार पाउँदा आफूहरुजस्ता र्दीघरोगीलाई धेरै सजिलो भएको लेखपोखराका ज्येष्ठ नागरिक नन्दबहादुर पुनले बताए। ‘उपचारकै लागि बाहिर जान सकिँदैन’ उनले भने, ‘अहिले घरमै उपचार र औषधी पाइरहेका छौँ ।

स्रोत : थाहाखबर

ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यजाँच

खरायोको ऊनबाट बुनेको टोपी कृषकको पहिचान

ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यजाँच

कर्णालीमा हटेन कुपोषण

Leave a comment

Your email address will not be published. Required fields are marked *