भेरीगंगामा चांैथो मेयर कप सुरु

दिलिप ढकाल
गुर्भाकोट, २५ चैत्र ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुर्खेतको भेरीगंगा नगरपालिकामा नगरपालिका स्तरीय चौथो मेयर कप सुरु भएको छ ।

विहिबार एक कार्यक्रमका बीच भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले चौथो मेयर कपको उद्घाटन गर्नुभएको हो । भेरीगंगा वडा नं. ८ स्थित नगर रंगशालामा चैत २४ गतेदेखि २७ गतेसम्म मेयरकप प्रतियोगिता संचालन हुने भएको छ ।

मेयर कप प्रतियोगितामा महिला, पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमेन्टन, दौड खेलहरु समावेश गरिएको छ । प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिता अन्तर्गत चैत्र २१ गतेबाट संचालन भएको थियो ।

बिहीबार उद्घाटन मात्र गरिएको खेल शुक्रबारदेखि नियमित रुपमा सञ्चालन हुने भेरीगंगा नगर खेलकुद बिकास समितिका अध्यक्ष ईश्वर पोख्रेलले जानकारी दिनुभयो ।

नगर–प्रमुख भुपेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यता, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गजेन्द्र जिसीको विशेष आतिथ्यता तथा सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष पदम बहादुर खत्रीको उपस्थितिमा नगरपालिका स्तरीय चौथो मेयर कपको उद्घाटन गरिएको थियो ।

साथै उद्घाटन समारोहमा वडा नं. १० का वडा अध्यक्ष मान बहादुर बुढा, वडा नं. १३ का वडा अध्यक्ष टिकाराम सुबेदी लगायतका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य रमाना परियार, जिल्ला समन्वय समितिका सदस्य कुशे कामी र भेरीगंगा नगर खेलकुद बिकाश समितिका अध्यक्ष ईश्वर पोख्रेलको उपस्थिति रहेको थियो । चौथो मेयर कपको उद्घाटन समारोहको संचालन नगर खेलकुद बिकास समितिका सदस्य भक्त बहादुर बुढाले गर्नुभएको थियो ।

भेरीगंगामा चांैथो मेयर कप सुरु

जाजरकोटमा बेवारिसे अबैध भरुवा बन्दुक फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *