मुचुल्का लेखन सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

दिपेन्द्र शर्मा
जाजरकोट २४ जेठ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले पाठ्यक्रम निर्माण गरी जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाइ दक्षता अभिवृद्धि गर्ने उदेश्यले मुचुल्का लेखन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न किसिमका मुचुल्का लेखनमा दक्ष बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र मातहत समेतमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरु बिच कार्यक्रम भएको हो ।

घट्नास्थल मुचुल्का, लाश जाँच मुचुल्का, रेखाचित्रण, जिम्मा जमानी तथा नागरिकताको मुचुल्का सम्बन्धि विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास भएको जनाएको छ ।

२ दिनको अनुशिक्षण कार्यक्रम जिल्ला जाजरकोट कार्यालयका कार्यालय प्रमुख सन्तोष निरौला ज्यू बाट उदघाटन गरी संचालन गरिएको जिल्ला जाजरकोट ले जनाएको छ ।

मुचुल्का लेखन सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

सम्पादकीय : वीरेन्द्रनगर कहिले बन्ला उपमहानगर ?

मुचुल्का लेखन सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

चितवनमा भेटियो नयाँ चरा

Leave a comment

Your email address will not be published. Required fields are marked *