चिलीमाथि दक्षिण कोरियाको सहज जित

काठमाडौं,२४ जेठ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ । घरेलु मैदानमा कोरियालाई जिताउन ही–चान ह्वाङ र ह्युङ मिन सनले १–१ गोल गरे ।
खेलको १२ औं मिनेटमा ह्वाङले गोल गर्दै कोरियालाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि रहेको पाहुना टोली खेलको ५२औं मिनेटमा १० खेलाडीमा समेटियो ।
एलेक्स आइबाक्यासले सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चिली थप दबाबमा प¥यो । त्यसपछि खेलको इन्जुरी समयमा सनले गोल गर्दै कोरियालाई २–० को स्पष्ट जित दिलाए ।
यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो। यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ । स्रोत ः सेतोपाटी






