३३ औं जनआन्दोलन दिवस, निर्वाचन बहिस्कारको घोषणा

सुर्खेत, २४ चैत्र ।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने घोषणा गर्दै ३३ औं जनआन्दोलन दिवस मनाईएको छ । नेकपा क्रान्तिकारी माओवादी कर्णाली प्रदेश कमिटीको आयोजनामा विहिबार वीरेन्द्रनगरमा जनआन्दोलन दिवस मनाइएको थियो ।  जनआन्दोलनका विषयमा वीरेन्द्रनगरमा जनसभा गरिएको क्रान्तिकारी माओवादी केन्द्र पार्टी प्रदेश सचिव दिपक शाहीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता पार्टीका पोलिट्ब्युरो सदस्य तथा कर्णाली प्रर्देश ईन्चार्ज सीपी शर्माले अहिले पञ्चेश्वर तथा महाकाली सम्झौताका विषयलाई सत्ताधारी तथा आकांन्क्षी दलहरुले चुनावी नारा बनाएको कुरा प्रस्ट्याउँदै दलहरु च्ुनावको नाममा अदृश्य रकम संकलन गरी मुद्रा संकुचनको समस्या देखिएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका वक्ता कमरेड नेत्र बहादुर शाहीले नेपालको शिक्षा प्रणालीले ठूलो वर्गभेद गरेको धनीपुँजीपतीहरुले पढ्ने विद्यालय र गरिव पढ्ने विद्यालयहरु फरक फरक रहेको हुनाले वर्ग बिचको खाडल अझ बढ्दै गएको दावि गर्नुभयो ।

त्यसैगरी सोही अवसरमा क्रान्तिकारी युवा लिंगका वक्ता विकल्पले यो देशका हरेक परिवर्तनमा युवाहरुको अपरिहार्यताका बारेमा प्रस्ट पार्दै नयाँ जनवादी क्रान्तिको तयारीका चरण गर्नुपर्नेमा जोड्नुभयो ।

दलित मुक्तिमोर्चाका वक्ता कमरेड ललित विकले ३३ औं जनान्दोलन दिवस मनाउँदै गर्दा निरन्तर दलितमाथी विभेद तथा यातना गरेरहेका घटना बढ्नु यो व्यवस्थाको असफलता भएकाले विकल्प छिट्टै खोज्नुपर्ने कुरा बताउनुभयो ।

बौद्धिक व्यक्तित्व नारायण न्यौपानेले आसन्न निर्वाचन गर्नुको कुनै औचित्य नरहेको सार गर्वित कविता वाचन गर्नुभयो । देजमोका कर्णाली प्रर्देश संयोजक तेजविक्रम शाहीले सम्बोधनका क्रममा यो सरकार निकम्मा भैसकेको र यसको विकल्प चुनाव नभै क्रान्तिको तयारी नै भएको कुरामा जोड दिनुभयो । कार्यक्रमको समापन कार्यक्रमका सञ्चालक तथा कालिकोटका सेक्रेटरी कर्ण बहादुर बिसि “किरण“ ले गर्नुभएको हो ।

३३ औं जनआन्दोलन दिवस, निर्वाचन बहिस्कारको घोषणा

YUGAAWHAN NATIONAL DAILY (2078-12-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *