पढाइ खर्च जुटाउन कालापहाड

जाजरकोट,२१ साउन  ।

जिल्लाका विपन्न समुदायका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारतको कालापहाड जाने गरेका छन्। भारतमा मजदुरी गरी कमाएर विद्यालय पोसाक, स्टेसनरी र पढाइ शुल्क तिर्ने गरेको उनीहरूले बताएका छन्।

बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपाली कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ। कालीबहादुर नेपाली अहिले भारतको हिमाचल प्रदेशमा ज्यालामजदुरी गर्दै छन् । घरमा आफूबाहेक रोजगारीमा जान सक्ने अरू नभएकाले विद्यालय शुल्क तिर्नकै लागि भारत जान बाध्य भएको नेपालीले बताए ।

सोही गाउँका १९ वर्षीय वीरेन्द्र नेपाली वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्नुहुन्छ । कक्षा १२ को शुल्क तिर्न नसक्दा भारतको हिमाचल राज्यमा मजदुरी गरिरहेको वीरेन्द्रले बताए । सोही ठाउँका राजेन्द्र नेपालीले कक्षा ११ र १२ मा अध्ययन गरेको शुल्क तिर्न नसक्दा माध्यमिक तह उत्तीर्ण गरेको प्रमाणपत्र लिन पाएका छैनन् ।

राजेन्द्रले भने  “पढ्ने उमेरमा कमाउन जानुपरेकाले भविष्य कस्तो होला भन्ने चिन्ता लागिरहेको छ। कमाउन छाडेर विद्यालय पढौं भने आर्थिक अवस्था कमजोर छ। विद्यालयमा शुल्क छुट र छात्रवृत्तिको व्यवस्था छैन।” वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहका अनुसार विद्यालयले केही विद्यार्थीलाई छात्रवृत्ति दिएको भए तापनि सबैलाई निःशुल्क गर्न सकिएको छैन। शुल्क तिराउनुपर्ने बाध्यता छ।

मागअनुसारका दरबन्दी मिलान भए निःशुल्क पढाउन सकिने सिंहले बताए । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले यस्ता समस्यालाई गाउँपालिकाले अध्ययन गरी सहज रूपमा पठनपाठनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

स्राेत ः गाेरखापत्र

पढाइ खर्च जुटाउन कालापहाड

नुवाकोटकोलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प

पढाइ खर्च जुटाउन कालापहाड

YUGAAWHAN NATIONAL DAILY (2079-04-20)

Leave a comment

Your email address will not be published. Required fields are marked *