नुवाकोटकोलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प

काठमाडाै २१ साउन ।
नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ। बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।

नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ। यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।
स्राेत ः सेताेपाटी






