झोला तथा राडीपाखी उद्यमी कुन्जाङ सम्मानित

जुम्ला, २१ फागुन ।
उत्कृष्ट उद्यमीका रुपमा चन्दननाथ नगरपालिका २ निवासी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान गर्ने कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्वारा तामाङलाई सम्मान गरिएको हो ।

उद्यमीलाई प्रोत्साहन गर्न, उद्यमशीलताको विकास गर्न तथा प्रदेशस्तरका नमुना उद्यमीका रुपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी छनोट गरी सम्मान कार्यक्रम गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षणका कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

पुरस्कारका लागि जिल्ला भरका ६ जना नमुना उद्यमीको आवेदन परेपनि स्थलगत अनुगमन गर्दा कुन्जाङ झोला तथा राडीपाखी उद्योगले सबै मापदण्ड पूरा गरेको भेटिएपछि पुरस्कारका लागि तामाङलाई छनोट गरीएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले वास्तविक उद्यमीलाई गरेको सम्मानले भर्खर उद्यमशीलतामा अग्रसर भएका उद्यमीलाई थप हौसल प्रदान गर्ने बताए ।

अनुदान लिन मात्रै उद्योग दर्ता गर्ने प्रवृत्तिले वास्तविक उद्योगी ओझेलमा परेपनि उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमले विचौलिया पहिचान गर्ने अवसर जुटेको समेत उल्लेख गरे ।

२०६४ सालबाट उद्योग दर्ता गरी उद्यमशीलतामा अग्रसर भएको झण्डै डेढ दशक पछि पहिलो पटक सरकारबाट उत्कृष्ट उद्यमीको सम्मान पाउँदा खुसी लागेको उद्यमी कुन्जाङ पुटिङ तामाङले बताइन् ।

उनले भने, ‘सहुलियत कर्जादेखि सम्मान कहिले वास्तविक उद्यमी किसानले पाउने परिपाटी छैन । पहिलो पटक सम्मान पाउँदा खुसी छु । उद्यमशीलता बढाउन रोजगारी बढाउनका लागि उद्यमी तथा किसानलाई सरकारले थप प्रोत्साहनको व्यवस्था गर्नुुपर्छ ।’

झोला तथा राडीपाखी उद्यमी कुन्जाङ सम्मानित

स्थानीय तह जनप्रतिनिधिका पाँच बर्ष : ‘जे

झोला तथा राडीपाखी उद्यमी कुन्जाङ सम्मानित

खेल पर्यटनका लागि तेस्रो जुम्ला रारा अल्ट्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *