यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,१८ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू–भागका एक–दुई स्थानमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। राती बागमती प्रदेश, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसम पूर्वानुमान

जुम्लामा जन्ती गएर फर्किएका पुरुषको मृत्यु

यस्तो छ आजको मौसम पूर्वानुमान

’द्वन्द्व अन्त्य भएको डेढ दशक नाघ्दा पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *