जुम्लामा जन्ती गएर फर्किएका पुरुषको मृत्यु

जुम्ला,१८ मंसिर ।

जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृतक रावतले अत्यधिक मदिरा सेवन गरेको भेटिएको थियो । सँगैका साथीहरु समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएको थियो ।

तिला–१ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

कान्तिपुर

जुम्लामा जन्ती गएर फर्किएका पुरुषको मृत्यु

माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

जुम्लामा जन्ती गएर फर्किएका पुरुषको मृत्यु

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave a comment

Your email address will not be published. Required fields are marked *