सल्यानका स्थानीय तहहरुले कृषिजन्य उत्पादनमा अनुदान पाउन थालेपछि कृषकहरु उत्साहित

सल्यान,२० असार ।

सल्यानका स्थानीय तहहरुले कृषिजन्य उत्पादनमा अनुदान पाउन थालेपछि कृषकहरु उत्साहित भएका छन्। युवालाई स्वरोजगार बनाउने उद्देश्यले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक उत्साहित बनेका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिकाले दूधमा प्रतिलिटर ५, खसीबोका उत्पादनमा प्रतिगोटा ५००, अण्डामा प्रतिगोटा ५० पैसा, तरकारी प्रति रोपनी १ हजार र फलफूलमा प्रतिरोपनी १ हजार रुपैयाँ अनुदानको व्यवस्था गरेको छ ।

गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासु, अण्डा, तरकारी, फलफूलमा अनुदानमूलक कार्यक्रम सुरु गरेदेखि कृषि पेशामा संलग्न हुनेहरुको संख्यामा पनि वृद्धि आएको पशु सेवा शाखाका प्रमुख वसन्त रावतले जानकारी दिए ।

चालु आर्थिक वर्षमा २४ सय क्विन्टल ताजा तरकारी उत्पादन गर्ने ३९ किसानलाई २ लाख ३० हजार १८ सय क्विन्टल फलफूल उत्पादन गर्ने ५९ किसानलाई २ लाख ७३ हजार रुपैयाँ अनुदान दिइएको रावतको भनाई छ। यस्तै दूध उत्पादन तर्फ १५ किसानलाई ४ लाख ४ हजार ३ सय १५, खसीबोका उत्पादन गर्ने ४३ कृषकलाई १ लाख ५४ र अण्डा उत्पादन गर्ने एक किसानलाई ४५ हजार रुपैयाँ प्रदान गरिएको उनले बताए ।

कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्ने, उत्पादनको आधारमा अनुदान दिने, किसानलाई कृषि पेसा प्रति प्रोत्साहन गर्न, रोजगारी प्रदान गर्न र कृषकको जीवनस्तरमा सुधार ल्याउन गाउँपालिका अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताए ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले वास्तविक किसानलाई निकै राहत गरेको कृषक रत्न बहादुर रेउलेले जानकारी दिए। १० रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएका उनले पालिकाले आफूहरुले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण र अनुदान दिन थालेपछि उत्पादनको क्षेत्र विकास गर्दै गएको बताए ।

स्रोत : थाहाखबर

सल्यानका स्थानीय तहहरुले कृषिजन्य उत्पादनमा अनुदान पाउन थालेपछि कृषकहरु उत्साहित

जयतपानीको डाँडा स्याउ पाकेर राताम्मे

Leave a comment

Your email address will not be published. Required fields are marked *