२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कोरोनाले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने

काठमाडौ, २० जेठ

सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुनः चीन जाने व्यवस्था मिलाएको छ ।

कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुनः चीन जाने व्यवस्था मिलाएको छ ।

लकडाउनका कारणले चीन फर्किन नपाएका दुई सय ८१ जना नेपाली विद्यार्थीलाई पहिलो चरणमा चीन पठाउन लागिएको छ । नेपाली विद्यार्थीको पढाइलाई निरन्तरता दिन उनीहरूलाई ती विश्वविद्यालय फर्किने व्यवस्था गरिएको हो ।

चीन फिर्ताका लागि विद्यार्थीहरूले मन्त्रालयको वेबसाइटमा राखिएको गाइडलाइनमा उल्लेखित व्यहोराबमोजिम पुनः भिसा प्राप्तिका लागि निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ । स्रोत ःसेतोपाटी

कोरोनाले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने

यू–१९ महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!