भेरीगंगाका पाँच सयबढी परिवारलाई जग्गाधनी पुर्जा दिइँदै (नामावलीसहित)

सुर्खेत, २० जेठ ।
साविक कोटमाझखर्क हालको भेरीगंगा नगरपालिका वडा नं. ६, ७, ८ र ९ का करिव पाँचसय बढी घरपरिवारलाई स्थायी जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको छ ।
स्थानीय तह निर्वाचन अगाडी पहिलो चरणमा स्थायी जग्गाधनी पुर्जा वितरण गरिएको थियो । दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरणका लागि हक दाविविरोधको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुर्खेतले भूमि सम्बन्धि समस्या समाधान गर्न पुरक प्रमाण र कागजातहरु पेश तथा कुनै दाबि विरोध वा उजुरी गर्ने सम्बन्धि ३५ दिन म्याद थप गर्न सुचना प्रकाशन गरेको छ ।
२०७८ को दफा २० मा प्रचलित कानुनबमोजिम भुमि सम्बन्धि नेपाल सरकारले गठन गरेको समिति वा कार्यदलबाट बाँकी काम सम्पन्न गर्न आवश्यक कागजातहरुको माग गरेको हो ।
उक्त नामावली थप पुरक प्रमाण, पेश वा दाबि बिरोध, उजुरी गर्नुपरेमा सुचना जारी भएको ३५ (पैतिस) दिन भित्र भुमि आयोग जिल्ला समिति सुर्खेतमा पेश गर्न आयोगले जनाएको छ । सूचनामा सुर्खेतको भेरीगंगा नगरपालिकाका निवेदक र जग्गा धनीको नामथर उल्लेख गरिएको छ ।







