कर्णाली प्रदेशसभामा दोहोरो चरित्र निभाउँदै प्रमुख प्रतिपक्षी एमाले

सुर्खेत, १९ फागुन ।
कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दोहोर चरित्र देखा पर्न थालेको छ । गत माघ १८ मा प्रदेशसभाको नवौं बैठकमा नेकपा एमालेले सरकारसमक्ष वजेट कार्यान्वयनलगायतका विषयमा प्रश्न उठाउँदै विभिन्न बुँदामा माग अघि सार्‍यो आफ्ना माग पुरा नभए संसद चल्ल नदिने चेतावनी समेत दियो ।

एमालेले पेश गरेको मागपत्रलाई सम्बोधन गर्दै सत्ता पक्षसँग सहमतिका आधारमा प्रतिपक्षले सरकारलाई सकारात्मक सुझाव दिँदै संसद संचालन गर्न दिने लगायत ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भयो । सहमतिपत्रमा ७ बुँदे समझदारी कार्यान्वयनमा भएको प्रगतिका बारेमा संसदलाई जानकारी गराउने भनी उल्लेख गरिएको छ ।

सोही अनुरुप प्रदेशसभाको १० औं बैठकमा सम्झौता कार्यान्वयनमा भएको प्रगतिका बारेमा मुख्यमन्त्रीले सरकारको धारण पेश गर्ने कार्यसूचि राखिएको थियो । तर, एमालेले आफैले गरेको ७ बुँदे सम्झौतापत्रलाई लत्याउँदै संसद अवरुद्ध गर्यो ।

सरकारको लिखित धारणा नआएको बाहानामा संसद अवरुद्ध गरियो ।
जुन दिन कर्णाली सरकारले एमालेले राखेका माग सम्बोधनमा भएको प्रगतिको जानकारी संसदमा प्रस्तुत गर्ने कार्यसूचि राखिएको थियो ।

तर, सरकारको धाराणा नै प्रस्तुत गर्न नदिई संसद बन्धक बनाइयो । प्रदेशसभा सचिवालय स्रोत भन्छ, सरकारको धारणा संसदमा प्रस्तुत नै हुन नदिई संसद चल्न नदिनुको कुनै औचित्य छैन ।

लिखित धारण नआएको भन्दै १० औं बैठक अवरोध गरेको एमाले भने बुधबार सम्पन्न एघारौं बैठकमा फरक ढङ्गबाट प्रस्तुत भएको छ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विभिन्न एजेण्डा राख्दै अधिकांस समय उनको विरोध गर्दै आएका एमाले संसदीय दलका नेता यामलाल कँडेल भने यसपाली लचिलो बन्दै प्रस्तुत भएका छन् ।

बैठकको सुरुमै बोल्ने समय लिएका कँडेलले पूरै समय सरकारको समर्थनमा खर्चिए । झण्डै १५ मिनेट बोलेका कँडेलले पूर्व मुख्यमन्त्रीका विरुद्ध खरोरुपमा उत्रदै वर्तमान मुख्यमन्त्रीको प्रशंसामै समय खेर फाले । कँडेलले कर्णालीको पहिचान बदलिएको र फरक पहिचानबाट सरकार अगाडि बढेको भन्दै अयोग्यताका कारण विगतको सरकारले विना उपलब्धि चार बर्ष खेर फाल्यो भन्नसम्म भ्याए ।

अबका दिनमा सरकारलाई रचनात्मक सहयोग गर्दै अगाडि बढ्न एमाले तयार रहेको जिकिरसमेत गरे । यस्तो दोहोरो चरित्रका कारण कँडेल वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति लचिलो भएको देखिन्छ ।

जिम्मेवार प्रतिपक्षीको भुमिकामा एमालेले संसदमा न सरकारलाई सहयोग गरेको छ, न त सरकारका गलत काम कारवाहीको खुलेर विरोध नै गरेको छ । जसले प्रदेशसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेको दोहोरो चरित्र प्रष्ट देख्न सकिन्छ ।

संसदका हरेक बैठकमा नेता कँडेलको भनाई एउटै हुन्छ । सरकार सहि ढङ्गबाट अगाडि बढे एमालेले रचनात्मक सहयोग गर्छ । तर, उनै कँडेलले अचेल संसदमा बोल्दा अस्पष्ट धारणा राखिरहेका हुन्छन् । उनको बोली सरकारलाई साथ दिएको जस्तो पनि देखिन्छ, विरोध गरेको जस्तो पनि ।

उनको यस्तो शैलीले न सरकारलाई रचनात्मक सहयोग पुगेको छ, न सरकारका गलत कामकारबाहीको विरुद्धमा आवाज उठेको छ । यसले प्रमुख प्रतिपक्षीकाे भुमिकामा एमाले कमजाेर बन्दै गएकाे छ ।

कर्णाली प्रदेशसभामा दोहोरो चरित्र निभाउँदै प्रमुख प्रतिपक्षी एमाले

कर्णालीका आयोजनामा एमालेको अंकुश, टुक्रे आयोजनाको ८३

कर्णाली प्रदेशसभामा दोहोरो चरित्र निभाउँदै प्रमुख प्रतिपक्षी एमाले

सम्पादकीय : देखावटी अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *