लोप हुँदै तेल पेल्ने ‘दुनेडी’

हुम्ला,१५ मंसिर ।

हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो । केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण परम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताए ।

उनले भने, ‘सदरमुकाम सिमकोट नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ ।’ बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वस्तिकलगायत खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन् ।’

हुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदैछ । पाँच छ वर्ष पहिले काठले बनाइएको दुनेडीमा विशेषगरी तोरी, ढटेलो, चुली, खाँबु, ओखरलगायत पेलिन्थ्यो तर अहिले यिनको प्रयोग देखिन छोडेको छ । यी फलबाट दुनेडीमा महिलाले दुई हातले पिसेर तेल निकाल्थे ।

यसैगरी बाठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि स्थानीयवासीले दुनेडीलाई बेवास्ता गर्दै आएको सर्केगाड गाउँपालिका–७ निवासी भक्तबहादुर ऐडीले बताए । उनले भने,‘भनेका बेलामा जहाँ पनि तेल पाइन्छ, दिनभरिको मेहनत लगाएर कसले दुनेडी प्रयोग गर्छन् ? अब तेलका लागि दुनेडी लोप हुँदै गएकामा यहाँका बूढापाका चिन्तित छन् ।

हुम्लालगायत पहाडी जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो घट्न थालेको छ । कुनै समय आधाभन्दा बढी समय तेलहन बालीमै बिताउने यहाँका बासिन्दा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि यो खेती छोडेको चंखेली गाउँपालिकाकी अनुरुपा बुढाले बताए ।

केही वर्षअघिसम्म यस्ता दुनेडीको प्रयोग प्रत्येकको घरमा हुनेगरेकामा पछिल्लो समय हराउँदै गएको छ । यहाँका केही पुराना बूढापाकाले मात्रै दुनेडी बनाउने गरे पनि युवापुस्तामा भने यसलाई बचाइराख्न रुचि नभएको पाइन्छ ।

लोप हुँदै तेल पेल्ने ‘दुनेडी’

पहिचानकै संघर्षमा ‘लैंगिक अल्पसंख्यक’

नेपथ्यबाट :  कर्णालीका इञ्जिनियर दलवीरको दर्दनाक कथा

Leave a comment

Your email address will not be published. Required fields are marked *