बाटो सधै हिलाम्मे स्थानीयलाई सास्ती

प्रचण्ड खत्री

रुकुम  पश्चिम १७ साउन ।

रुकुम पशिमको बाफिकोट गाउपालिकाका बिभिन्न सडकहरु हिलाम्मे हुने गरेका छन ।  प्रतेक वडा कार्यालय देखि गाउपालिका सम्मका सडक हिलाम्मे हुने गरेका छन ।  बर्खे बिकासले गर्दा यहाँका सडक हिलाम्मे हुने गरेको बाफिकोट ४ का स्थानीय देबबहादुर खड्काले बताए ।

स्थानीय तह हिउदमा चुप रहने र जब वर्षायाम सुरु भएपछी काम गर्नाले सडक बिग्रने गरेको छ  । असारमा भुक्तानी लिनको लागि ठेकेदार कम्पनि र स्थानीय तह या अन्य जुनसुकै कार्यालयले ठेक्का अथवा उपभोक्ता समिति मार्फत काम गराईएका हुन्छन  यसको भुक्तानीका लागि जब बर्षा सुरु भैसकेको हुन्छ , यसलाई कुनै समय नभनी काम गरेको र जब लामो बर्षा सुरु हुन्छ अनि स्थानीयलाई सास्थी हुन्छ ।

बाफिकोट गाउपालिका वडा नम्बर २ को लामाचौर थारकाटे सडक हिलाम्मे नै हुन्छ ।  यस सडक बजेट बिनियोजन गरि ग्राबिल गरेपछि स्थानीय हरु हिलाम्मे बाट मुक्त हुदै राम्रो संग यात्रा गर्न सहज भएको स्थानीयको भनाई छ ।

त्यस्तै बाफिकोट गाउपालिका वडा नम्बर ४ को छिनखेत हुदै गाउपालिकाको कार्यालय जाने सडक वर्षायाममा सधै हिलाम्मे हुने गरेको छ । यसले गर्दा स्यार्पुताल हेर्न आउने पर्यटकलाई सास्थी उने गरेको सल्यानबाट ताल हेर्न आउनु भएका जिबन केसीको भनाई छ ।

छिनखेत देखि गाउपालिकाको कार्यालय हुदै स्यार्पुताल सम्म स्थानीय तहले बाटो मर्मतमा ध्यान दिन जरुरि देखिन्छ ।  यी सडक उदाहरण मात्र हुन । बाफिकोट गाउपालिकाका धेरै जसो सडकको अबस्था भने यस्तै छ ।

बाटो सधै हिलाम्मे स्थानीयलाई  सास्ती

बेवारिसे शवको १२ दिन सम्म खुलेन पहिचान

Leave a comment

Your email address will not be published. Required fields are marked *