एक बर्षमा ६६ प्रतिशतले महंगियो भान्सा

पुनम वि.सी.
सुर्खेत, १९ जेठ
मुल्यवृद्वि दिन प्रतिदिन बढ्दो अवस्थामा छ । यसको पहिलो असर हाम्रो भान्सामा पर्ने गर्दछ । तरकारी होस् या तेल, मुल्यबृद्विका कारण महिना पच्छे यसको दरभाउ बढिरहेको पाइन्छ । गत वर्ष, २०७८ जेठ १ गते टमाटर (नेपाली) को मुल्य प्रति केजी २२ रुपैयाँ थियो ।

त्यसको १२ महिनापछि २०७९ जेठ १ गते टमाटरको मुल्य बढेर ४२ रुपैयाँ पुगेको छ । यसैगरी भारतीय टमाटरको मुल्य गत साल १९ रुपैयाँ केजिसम्म थियो । हाल आएर टमाटरको मुल्य ३३ रुपैयाँले बढेर ५२ रुपैयाँ प्रति किलोग्राम पुगेको छ ।

बढी मात्रामा मुल्यबृद्वि हुने तरकारीहरुमा टमाटर नै पर्छ । त्यसपछि भान्टा, फर्सी, खुर्सानी र लसुन रहेका छन् । यि तरकारीहरुमा ५० प्रतिशत भन्दा धैरै मुल्यवृद्वि भएको पाइएको छ ।

सुर्खेतमा रहेको कृषि बजारमा तरकारीको सरदर बिक्रि मुल्य तथ्यांक हेर्दा विगत एक वर्षको तुलनामा सुर्खेतमा करिव ६६ प्रतिशतका दरले तरकारीमा मुल्यबृद्वि (अनुसुचि–१) भएको छ । कागती, आलु, जुम्ली सिमिलगायतका तरकारीको मुल्यवृद्वि दर पनि उच्च रहेको छ ।

कर्णालीमा खपत हुने तरकारी यहाँ उत्पादन छैन । छिमेकी मुलुक भारत लगायत नेपालका अन्य जिल्लाहरुबाट तरकारी कर्णाली आईपुग्छ । ‘अहिले कर्णालीमा तरकारी उत्पादन तथा यहाँसम्म ल्याईपु¥याउन ढुवानीसमेत महंगो भएको छ ।

तेलको मुल्य वृद्वि, बिउ तथा मलमा लागत खर्च बढेको बढ्यै छ’, कृषि बजार सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले भने, ‘तरकारीको मुल्य सिजनमा कम हुन्छ, बेसिजनमा उच्च रहन्छ । वृद्विदर यति नै छ भन्ने त छैन तर मुल्य भने बढिनै रहेको छ ।’

उत्पादन दर बढ्दैछ
विगत चार वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा कृषि उपज वस्तुहरुको उत्पादन बढ्न थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार कर्णाली प्रदेशबाट स्याउ, सुन्तला, सिमी, तरकारी, अदुवा, आलु, मह, दूधलगायतका कृषि उपज निर्यात हुन थालेका छन् ।

कृषि उपज निर्यातको तथ्यांक अनुसार कर्णालीबाट सबैभन्दा धेरै आलु निर्यात भएको देखिन्छ । चार वर्षको अवधिमा प्रदेशबाट पाँच हजार ६ सय ७५ मेट्रिकटन आलु निर्यात भएको हो । त्यसैगरी चार करोड बढी मेट्रिक्टन अदुवा निर्यात भएको छ ।

एक हजार पाँँच सय मेट्रिकटन स्याउ निर्यात भएको छ । १२ सय मेट्रिकटन सुन्तला निर्यात भएको छ । कर्णालीले सुन्तला निर्यात गरेर पाँच करोड रूपैयाँ आम्दानी गरेको छ भने पाँच हजार ७० मेट्रिकटन सिमी निर्यात गरेर ६ करोड रूपैयाँ आम्दानी गरेको छ ।

प्रदेश सरकारले चार वर्षको अवधिमा ६ करोड ५० लाखको दूध निर्यात गरेको छ भने एक करोड १० लाखका भैंसीका पाठापाठी बिक्री गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मको अवधिमा फलफूल, तरकारी, दूध र मासुजन्य पदार्थको बिक्रीबाट एक अर्ब पाँच करोड रूपैयाँ कर्णालीले प्राप्त गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

उत्पादन र निर्यातमा सरकारको ध्यान
कर्णालीमा कृषि उपज उत्पादन तथा निर्यातमा प्रदेश सरकारले विशेष ध्यान दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही बताउँछन् । विगत चार आर्थिक बर्षमा प्रदेशमा कृषि उपजको उत्पादन तथा निर्यातको अवस्था हेर्नेहो भने कर्णालीको अवस्था सुध्रिएको उनको दावि छ ।

कर्णाली भन्नेबित्तिकै भोक, रोग र गरिबीको चित्र मानसपटलमा आउँदा अव कर्णाली निर्यातको बाटोमा पुग्न थालेको उनले बताए । उनले भने, ‘प्रदेश सरकारले कर्णालीका उत्पादन निर्यातमा विशेष ध्यान दिएको छ । कर्णालीका उत्पादनले बजार पाउँन थालेका छन् ।’

कर्णाली प्रदेशसभामा बोेल्दै उनले सडकको पहुँच बढ्दै जानु, बाँझो जमिनमा उत्पादन बढ्नु र कृषकहरूलाई सहुलियत ऋण र अनुदान प्रदेश सरकारबाट उपलब्ध हुनु लगायतका कारणले उत्पादन वृद्धिसँगै निर्यात बढ्न थालेको दावि गरे ।

एक बर्षमा ६६ प्रतिशतले महंगियो भान्सा

कर्णालीका २३ वटा पालिका प्रमुख र उपप्रमुख

एक बर्षमा ६६ प्रतिशतले महंगियो भान्सा

संस्था चलाएर नक्कली बिल भरपाई बनाई भुक्तानी

Leave a comment

Your email address will not be published. Required fields are marked *