गठबन्धन संघ र प्रदेशको चुनावमा पनि कायम हुन्छ, शंका नगर्दा हुन्छ : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल बाम एकत सम्भव नभएको बताएका छन् ।
अहिले एमाले, माओवादी र समाजवादीबीच तालमेल हुनसक्ने भनेर बाहिर जुन खालका कुराहरु आएका छन्, त्यो सम्भव नभएको उनले टिप्पणी गरेका हुन् ।
कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे ।
अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।
साथै उनले बर्तमान गठबन्धन आगामी प्रदेश र संघको चुनावसम्म कायम रहने भएकाले टुट्छकी भनेर शंका नगर्न आग्रह गरे ।






