मुगुको कारमारोङग गाउँपालिकाको मुख्य स्रोत यार्सा

बरम बहादुर ऐडि

मुगु १९ जेठ

मगु कारमारोङ्ग गाउपालिका भरि जम्मा ९ वटा वडा रहेका छन । यहाँको मुख्य स्रोत भनेको यार्सा ( बुटि) सङ्क्लन तथा ब्यापार गर्ने रहेको छ ।

गाउँ पालिकाका स्थानियले यार्सा सङ्कलन तथा व्यापार गरेर आफ्नो सबै घरायसि खर्च लगायत आफ्नो आवश्यक्ता अनुसार प्रयोग गर्ने गरेका छन । उमेरले हिड्न सक्ने जत्ति पाटनमा यार्सा टिप्न जाने गरेको पाईन्छ ।

यसका साथै सङगै जोडियका गाउँ साबिकको रुगा रोबा गाबिसका मानिस हरु पनि केहि मात्रामा जाने गरेको पाईन्छ । अन्यत्र जिल्ला जुम्ला बाट पनि केही मात्रामा मानिस यस पाटनमा आउने गरेका छन ।

चिन सङ्ग सिमाना जोडिएको नजिकको गाउँ मुगुमा यार्सा सङ्कलन गर्ने सिजनमा व्यापार गर्नको लागि ल्यायको सामान अगिल्लो दुई बर्ष कोरोनाका कारण लकडाउन भयर रोकियकोले यो साल राम्रो व्यापार भएको छ ।

त्यहाँका स्थानिय बासिन्दा कारमा लामाले जानकारि दिएका छन । गाउँपालिकामा वडानं १र २ मा रहेका सबै पाटनमा मानिस हरु यार्सा खोजनमा ब्यस्त रहेका छन । हिजो आज शैक्षिक संस्थामा बिद्यार्थीको कम सहभागिता रहेको त्यहाँका कार्यरत शिक्षकले जानकारि दिएका छन ।

मुगुको कारमारोङग गाउँपालिकाको मुख्य स्रोत यार्सा

दरबार हत्याकाण्डको दुई दशक, पत्ता लागेन कारण

मुगुको कारमारोङग गाउँपालिकाको मुख्य स्रोत यार्सा

गठबन्धन संघ र प्रदेशको चुनावमा पनि कायम

Leave a comment

Your email address will not be published. Required fields are marked *