गिरी राप्रपा केन्द्रीय उपाध्यक्षमा मनोनित

सुर्खेत, १९ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । जसमा सुर्खेतका मुकुन्दश्याम गिरी राप्रपाको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् ।

गिरी सुर्खेतबाट लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय छन् । उनी वीरेन्द्रनगरमा पूर्व मेयर पनि हुन् । यस्तै अर्को उपाध्यक्षमा हेमजंग गुरुङ, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई मनोनित गरिएको छ ।

त्यस्तै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका हुन् ।

मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् । त्यस्तै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् । अब राप्रपामा पदाधिकारीको संख्या ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया