चौकुने कार्यपालिकाको चुनावमा गठबन्धन विजयी

सुर्खेत । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी–काँग्रेसबीच तालमेल भएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कार्यपालिकाको चुनावमा भने माओवादी–एमालेबीच तालमेल भएको छ ।
बुधबार भएको कार्यपालिका सदस्य निर्वाचनमा दुई खुल्ला सदस्य पदमा नेकपा एमालेबाट शंकर बहादुर कामी र माओवादी केन्द्रबाट उज्जीरे ढोली निर्वाचित भएका छन् ।
एमाले बाट निर्वाचित भएका कामीले ३३ मत ल्याउदा माओवादी केन्द्रका उज्जीरे ढोलीले ३२ मत प्राप्त गरे । काँग्रेसका दीपक बिकले २० र अम्मरे कामीले १९ मत प्राप्त गरे ।
महिला सदस्य पदमा एमालेबाट कमला बिकले ३३ अम्बि बिकले ३३ र पदमा बिकले पनि ३३ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका अमृता बोहराले १९, पंचकली बुढाले १९ राधिका बिकले १९, उज्जादेवी बिकले पनि समान १९ मत प्राप्त गरिन् ।






