संखुवासभामा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

संखुवासभा १८ जेठ
नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।
स्रोत ः नेपाल प्रेस

संखुवासभामा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

जुम्लाको पाटन क्षेत्रमा यार्सा सङ्कलन गर्नेको भिड

संखुवासभामा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

चौकुने कार्यपालिकाको चुनावमा गठबन्धन विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *