कविता : शान्ती

–पृथ्वीवहादर सिहं
शान्ती आयौ र त
कमल तिमी भाडामा
श्रम पोख्न अरबतिर
वर्षौ वर्ष निर्वासित भयौ ।
अरबको तातो,
कालेको जोतिएको भुंग्रोमा
अठार घण्टा श्रम पोखेर
शान्तीलाइ स्वदेशमा
पारिवारिक आवस्यकता पुरा गर्न
उसकै नाममा श्रम पठायौ
सत्ताका दलाल टपरेहरुलाई
रेमिट्यान्स पठायौ ।
शिक्षीत भनाउँदा अचेतहरु
आजकल
गााऊ –शहरमा यौवनमयी शान्तीहरुको
यौन लिप्सा लुट्न
घरबार विघटन बनाउन
घुमिरहन्छन् सरोजेहरु
वर्षौपछि कमलेहरु
महिलामा नजर लगाए
ब्रह्मलिन गराउने काले देशबाट
शान्ति भेट्न स्वदेश फर्कन्छन् ।
शान्तिहरु भने
घरबार लथालिंग बनाएर
नानुहरु विचल्ली पारेर
कता हराउछे ।
अझै सरोजेहरु
अवैध बच्चा जन्माउने
शान्तिलाई खलबलाउन
युवा भाडामा पठाउन
गाउ शहरमा
श्रम र यौन ढुक्ने
कमलेहरुको घरबार
विहीन बनाउने
सरोजेहरुको विगविगी छ ।
आफ्नो धन्दा बचाउन
यी जाली ठगहरु
गल्तीले नानी जन्मे
अफएरहरु बाहिर आयो भने
डीएनए चेक गर्न नदिने
शान्तिसंग अफएअर बनाइरहन
मोबाइलमा गुमस्ता गरिरहन्छन
सरोजेहरु ।
कतै समाज उदांगो हुने
दण्डित हुने डरले
राज्यसत्तामा बसेकाहरुसंग
यी, सरोजे रक्तपिपाशुहरु
श्रमलुटेराहरु
कुटनैतिक भिख मागी
उल्टै कमलेहरुलाई फसाउन
जालझेल मुद्दा उठाएर
चुपचाप मुख बन्द गराउन
रातदिन तल्लीन छन् ।
यो दोष शान्ति–कमलेहरुको होइन
यो दोष धर्म उच–निच बनाउनेहरुको हो
शान्तिहरु घरमा बसाउने
कमलेहरुलाई विदेश भाडामा श्रम पोख्न पठाउने
सत्ताका भिखारीको हो
शान्ति भने आजकाल
चिचिला बालक लिएर कहिले भोकै
तनावग्रस्त
कहिले यता, कहिले उता
घर न घाटकी भएर
दौडिरहन्छिन्
समाज भने अनेकौं पितृत्तात्मक घृणित दोष लगाएर
कुरा काटिरहन्छ्
कमलको शान्ति भगाउने
परदेशमा श्रम पोख्न लगाउने
घरबारविहीन बनाउने
नांगो ना“च गराउने
लथालिंग घरको डिलमा बसेर
निकालो आकार, निलो भेरी हेरेर
हरदिन टोलाइ मनमनमा सोच्छ
शान्ति–यो गल्ती
न तिम्रो हो न मेरो हो
राजनीति गर्ने
झोलेहरुको हो ।
सत्ताधारी विभारीहरुको हो
एकै घरमा बसी यौवन साट्ने
मुक्त आकाशमा उड्ने रहर
मानवको अधिकार हो ।
शान्ति शान्ति शान्ति
हातको मैला सुनको थैला के ग¥यो धनले ।
साग र सिस्नु खाएको बेस आन्न्दी मनले ।।
मेरो डेली डायरीको पाना बारे ।






