मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा प्रधानमन्त्री देउवा र दाहालबीच छलफल

काठमाण्डौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद्‍मा दलीय भागवण्डा र विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्ला२ पूर्णता दिने र मन्त्रालय भागवण्डाबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको १९ दिन र प्रतिनिधि सभाबाट विश्वासको मत लिएको १३ दिन भइसक्दा पनि सत्तारुढ दलहरूबीच मन्त्रालय भागवण्डामा कुरा मिल्न सकेको छैन । मन्त्रिपरिषद्‍मा मन्त्रालय भागवण्डाबारे छलफल भए पनि कुनै सहमति नभएको स्रोतले बतायो ।

दुई दलबीच आइतबार भागवण्डा टुंग्याएर सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि त्यो सम्भावना कम रहेको स्रोतहरू बताउँछन् । मन्त्रिपरिषद्मा केही मन्त्री थपे पनि अमेरिकी सहयोग नियोक एमसीसीलाई पहिला संसद्बाट पास गरेर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने जानकारी सत्ता गठबन्धनका दलहरूलाई गराइसकेका छन् ।

सत्तारुढ कांग्रेस र माओवादीमा मन्त्रीका आकांक्षी धेरै र मन्त्रालय कम भएपछि देउवा र दाहाललाई मिलाउन हम्मेहम्मे परिरहेको छ । अहिलेसम्म देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई, माओवादीबाट दुई मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्री नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा प्रधानमन्त्री देउवा र दाहालबीच छलफल

पाँच हजारलाई रोजगारी दिइँदै

मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा प्रधानमन्त्री देउवा र दाहालबीच छलफल

ओलीले अध्यक्ष नछोडी एकता हुँदैन : झाँक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *