भारतीय सहायतामा ललितपुरका सम्पदा पुनर्निर्माण कार्य सुरु

काठमाडौं । भारतीय अनुदानमा ललितपुर जिल्ला रहेको हिरण्यवर्ण महाविहार र दिगि छें को निर्माण कार्य सुरु भएको छ। यी महाविहार र दिगि छें नेपालका महत्वपूर्ण सम्पदा क्षेत्र हुन्। सुनौलो मन्दिरको रुपमा प्रख्यात महाविहारको पुनर्निर्माण लागत १८ करोड १० लाख नेपाली रुपैयाँ रहेको छ।

युनेस्कोबाट विश्व सम्पदास्थलको रुपमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा महाविहार अवस्थित छ। यो महाविहार पाटनको सबैभन्दा महत्त्वपूर्ण वौद्ध मन्दिर मठ को रुपमा पनि चिनिन्छ।

ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्य भईरहेको छ। जसमध्ये ५ वटा परियोजनाहरूमा काम जारी रहेको भारतीय दूतावासले जनाएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले जनाएअनुसार स्थानीय समुदायले पुनर्निर्माणको काम सुरु हुनुभन्दा पहिले हिराण्यवर्ण महाविहार र डिजी छें मन्दिरमा ‘क्षमा पूजा गरेका थिए।

उक्त पूजामा भारतीय राजदूतावास, केन्द्रीय स्तरको परियोजना कार्यान्वयन इकाई, नेपाल सरकार र इनटाक काठमाडौंका अधिकारीहरु सहभागी भएका थिए।

भूकम्पपछि क्षतिग्रस्त भएका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माण परियोजनाहरु मध्ये महाविहार निर्माण कार्य पनि एक हो। भारतले भूकम्पपछिको पुनर्निर्माण र पुनर्वास को लागी ५ करोड अमेरिकी डलर को अनुदान दिने घोषणा गरेको थियो।

सोही अन्तर्गत विभिन्न विश्व सम्पदाको पुनःनिर्माण कार्य संचालन भइरहेका छन्। पुनर्निर्माण का लागि नेपाल सरकारले २८ वटा सम्पदा को पहिचान गरेको थियो। यसै सम्बन्धमा सन् २०१७ को अगस्ट महिनामा दुवै देशबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

यसअघि, मार्च महिनामा बलियो र मैत्रीपूर्ण ऐतिहासिक सम्बन्धको आधार रहेको साझा सम्पदालाई प्रतिबिम्बित गर्दै, भारत र नेपालले एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। सो सम्झौता अनुरुप नेपाली रुपैयाँ २४ करोड ६० लाख लागतमा तीन वटा सांस्कृतिक स्थलहरूको जीर्णोद्धार गरिनेछ। सोही महिनामा दुई देशले काठमाडौंको बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण पनि सुरु गरिसकेका थिए।

(साभार : इण्डिया न्यूज नेटवर्क)

भारतीय सहायतामा ललितपुरका सम्पदा पुनर्निर्माण कार्य सुरु

विवाहको एक वर्षमा नै मियाको ‘डिभोर्स’

भारतीय सहायतामा ललितपुरका सम्पदा पुनर्निर्माण कार्य सुरु

पाँच हजारलाई रोजगारी दिइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *