संविधान कुल्चिने प्रयासविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कुल्चिने प्रयास गर्ने जो कोहीविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका छन्।

आफूनिकट अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, राजतन्त्र ल्याउने कसैले दुस्साहस गर्न खोज्छ।

भने त्यसविरोद्ध कडा प्रतिवाद गछौँ। संविधानलाई कुल्चिने काम गर्छ भन्ने हामी चुप लागेर बस्दैनौँ।ु

सर्वोच्च अदालतले गलत काम सच्चाइएको उनको भनाइ छ। कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुन्छ। जे हुन्छ सिधा सिधा हुन्छ उनको भनाइ छ।

अध्यक्ष केपी शर्मा ओलीले लक्षित गर्दै भने, अहंकारले मान्छेलाई कतै पुर्‍याउँदैन। त्यो अवश्य पतन हुन्छ।

कोही मान्छे वचनको पालना गर्दैन भने त्यसलाई इमान्दार नठान्नुहोस्। मै जान्ने मेरासामु अरू कोही छैन भन्ने प्रवृत्तिबाट टाढा रहनुहोस्।

उनले आफ्ना कार्यकर्तालाई जनताप्रति इमान्दार भएर काम गर्न पनि निर्देशन दिए।

संविधान कुल्चिने प्रयासविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : माधव नेपाल

आइएसद्वारा मलामी गएका ८ जनाको हत्या

संविधान कुल्चिने प्रयासविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : माधव नेपाल

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

Leave a comment

Your email address will not be published. Required fields are marked *