राज कुन्द्रासँग विवाह गर्न तयार थिइनन् शिल्पा, यसरी सुरु भएको थियो प्रेम

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह सन् २००० मा भएको थियो । उनीहरुको दुई जना सन्तान छन् ।

उनीहरुको नाम भियान र समीशा हो । सन् २०१८ मा एक अन्तरवार्ताको क्रममा राजले उनीहरु कसरी प्रेममा परेका थिए भन्ने विषयमा बताएका थिए । राजका अनुसार उनीहरु बेलायतमा ‘बिग ब्रदर’ जित्नुअघि पहिलो पटक शिल्पाको म्यानेजरको माध्यमबाट भएको थियो ।

पहिलोपटक राज एक परफ्युम बनाउने तरिका लिएर गएका थिए । राजले पहिलोपटकको भेटमा शिल्पाको आमाको गोडा छोए । आमाको गोडा छोएपछि शिल्पाको मन पग्लिएको थियो ।

शिल्पा राजसँग कुनै प्रकारको सम्बन्ध राख्ने सोचमा नभएको राजले खुलाएका थिए । उनले भने, ‘शिल्पाले सुरुमा मसँग विवाह गर्ने वा कुनै पनि सम्बन्ध राख्ने इच्छा गरिनन् । म भने हात धोएर पछि लागेँ । तर, मलाई थाहा थियो उनको मनभित्र कुनै न कुनै प्रकारको झुकाव थियो ।’

राजले अगाडि भनिन्, ‘मैले उनलाई कोसिस गर्न भने । तर उनले भारत छोड्ने विषयमा इन्कार गरिन् । उनले भारतमा भएको सम्पत्ति र काम छोडर जान नसक्ने बताइन् । उनले म बेलायतमा बस्ने भएपछि उनको र मेरो सम्बन्ध असम्भव भएको बताएकी थिइन् ।’ त्यसपछि राजले शिल्पाका लागि घर खरिद गरे । उनले आफू पनि भारतमै बस्न चाहेको बताए ।

राज कुन्द्रासँग विवाह गर्न तयार थिइनन् शिल्पा, यसरी सुरु भएको थियो प्रेम

हरिवंशले मेलिनासँग गाए ‘माछीलाई खोलीको लेउ’

राज कुन्द्रासँग विवाह गर्न तयार थिइनन् शिल्पा, यसरी सुरु भएको थियो प्रेम

धुर्मुस सुन्तलीको चलचित्र ‘म त मर्छु कि

Leave a comment

Your email address will not be published. Required fields are marked *