फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर

काठमाडौंँ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनमा आधारित रहेर बनेको फिल्म ‘ओभर डोज’ प्रिमियर गरिएको छ ।

फिल्मको शनिबार अमेरिकाको टेक्सास राज्यको डलासमा प्रिमियर गरिएको हो । फिल्मले ड्रग्स र अपराधको कथा समेत उठाएको छ ।

प्रनिसराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भुमिका रहेको फिल्ममा गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

सुमन पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म नेपाली र अंग्रेजी दुई भाषामा निर्माण भएको छ ।

प्रिमियरमा फिल्म रुचाइएको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म निर्माणमा ब्याचलर सकेका छन् ।

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । वन्त अध्यायनको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् ।

दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका हुन् । समयअनुकुल मिलाएर फिल्म नेपाल सहित विश्वका बिभिन्न देशमा प्रदर्शन गरिने निर्माण पक्षको भनाई छ ।

फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर

श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक,

फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर

प्रियंका कार्कीको आक्रोश : ए, बुझ पचाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *