श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक, ‘वान नाइट स्ट्यान्ड’ पछि सुरु भएको थियो प्रेमकथा

हास्यकलाकार कृष्णा अभिषेक ३० मे मा आफ्नो जन्मदिन मनाइरहेका छन् । कृष्णा दिग्गज अभिनेता गोबिन्दाका भाञ्जा हुन् । उनले गोबिन्दाको भाञ्जा भएका कारण सुरुमा लाइमलाइट पाए ।

कृष्णा गोबिन्दाको मिमिक्री र डान्स स्टेप्स गरेर चर्चित भए । तर यो कुरामा दुई मत छैन कि कृष्णाको करियरको गाडी गोबिन्दाका कारण त चल्यो तर त्यसपछि उनले आफ्नो बलबुँतामा करियरलाई अघि बढाए । अभिषेक आफ्नो वर्कफ्रन्टबाहेक कश्मिरासँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छन् । चर्चा गरौं यी दुईको प्रेमकथाबारेः

कश्मीरा र कृष्णाले आफ्नो प्रमेकथाको सुरुवातबारे एउटा बोल्ड स्टेटमेन्ट दिएका थिए । दुबैले खुलासा गरेका थिए कि उनीहरुको प्रेमकथा वान नाइट स्ट्यान्डपछि सुरु भएको थियो । कृष्णाले भनेका थिए, ‘क्यासले मलाई सुरुवातदेखि नै हिन्ट दिइरहेकी थिइन् । एकपटक हामी गाडीमा बसेका बेला बत्ती गएको थियो ।’

‘त्यसपछि मैले भनेँ, ‘अब के गर्ने ? ’ यस्तो स्थितिमा सबैले यस्तै नै भन्नेछन् । त्यसपछि जवाफमा कश्मीराले भनिन्, ‘किन केही गर्ने ?’ यसरी नै यो सबै सुरु भएको थियो ।’ कश्मीराले त्यस रातपछि कृष्णा उनका लागि असाध्यै धेरै केयरिङ भएको स्वीकार गरिन् । कृष्णाले कश्मीराका लागि खान लिएर आउँथे ।

कृष्णा र कश्मीरा पहिलो पटक फिल्म ‘और पप्पू पास हो गया’ को सेटमा भेटेका थिए । त्यतिबेला कश्मीरा पहिलो श्रीमानबाट अलग्गिएकी थिइन् । कृष्णा पहिलो दिनदेखि नै कश्मीराका लागि सफ्ट कर्नर राख्ने गर्दथे । तर जब उनलाई कश्मीरा विवाहित हुन् भन्ने थाहा भयो तब उनी निकै निराश भएका थिए ।

श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक, ‘वान नाइट स्ट्यान्ड’ पछि सुरु भएको थियो प्रेमकथा

मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२

श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक, ‘वान नाइट स्ट्यान्ड’ पछि सुरु भएको थियो प्रेमकथा

फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर

Leave a comment

Your email address will not be published. Required fields are marked *